Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

पोखरामा होहल्ला मच्चाउँदै मोटरसाइकल हुइँक्याउने चालक धमाधम कारबाहीमा

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री


पर्यटनको राजधानी पोखरामा होहल्ला मच्चाउँदै मोटरसाइकल हुइँक्याउने चालक धमाधम कारबाहीमा परेका छन् । कास्की प्रहरीले ५ दिनभित्रमा त्यस्ता डेढ सय मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही थालेको छ।


स्वरूप परिवर्तन (मोडिफाइ) गरी समाजमा होहल्ला मच्चाउँदै हिंड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरू नियन्त्रणमा लिई कारबाही गर्ने अभियान कास्की प्रहरीले गत वर्षको असोजदेखि नै सुरु गरेको थियो । त्यसबेला सुरुमा २२ थान मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरिएको थियो । पछि गत १७ फागुनदेखि २० गतेसम्म त्यस्ता ५९ थान मोटरसाइकलहरू नियन्त्रणमा लिई कारबाही गरिएको । पटके कारबाहीमा परेकाहरूलाई यातायात व्यवस्था कार्यालयमा समेत पठाइने गरेको छ । सोही समयमा स्वरुप परिवर्तन गर्ने ८ जना वर्कसप संचालकहरूलाई समेत पक्राउ गरी स्वरुप परिवर्तन नगर्ने शर्तमा छाडिएको र सचेतनामुलक कार्यक्रम गरी स्टिकर समेत टाँस गरिएको थियो ।


कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन आयोजना गरी दिएको जानकारी अनुसार अभियानस्वरुप पछिल्लो ५ दिनमा १ सय ४९ थान मोटरसाइकल नियन्त्रणमा लिइएको हो । जसमा पहिलो पटके देखि चौथो पटकेसम्म पक्राउ परेका छन् । यसबाट करिब २२ लाख राजस्व उठ्ने अनुमान रहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापा बताउँछन् ।


अभियान संचालन गरेदेखि हालसम्म स्वरूप परिवर्तन गर्ने, ध्वनी प्रदुषण गर्ने जम्मा २ हजार ३५ थान मोटरसाइकललाई कारबाही गरी २९ लाख जरिवाना गरी सकिएको छ ।


स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को वमोजिम १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।


सो कार्यमा संलग्न सवारीधनी र वर्कसप संचालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाउने व्यवस्था छ ।


स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, ध्वनी प्रदुषण, बिरामी, वृद्धवृद्धा,बवालवालिका तथा संवेदनशील क्षेत्र (अस्पताल) मा प्रत्यक्ष असर पर्छ ।
कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको, स्वरुप परिवर्तन गरेको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ मा टेलिफोन गरी सूचना दिन जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले बताए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist