✍️ अजय क्षेत्री
पोखरा — पोखरा इलेक्ट्रोनिक्स व्यवसाय संघ कास्कीको १२औं अधिवेशनबाट चिन्तामणि खरेल अध्यक्ष पदमा निर्वाचित भएका छन्। संघको नयाँ कार्यसमिति चयन गर्न हालै सम्पन्न अधिवेशनले खरेलको नेतृत्वमा नयाँ टोली चयन गरेको हो।
नवनिर्वाचित अध्यक्ष खरेलसहित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। संघले इलेक्ट्रोनिक्स व्यवसायीहरूको हकहित संरक्षण गर्दै व्यवसायिक विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने विश्वास व्यक्त गरिएको छ।
नयाँ नेतृत्वले व्यवसायीहरूको समस्याको समाधान, क्षेत्रीय विकास, र संघको सुदृढीकरणका लागि ठोस पहल गर्ने अपेक्षा गरिएको छ।