पोखरा – पोखरा महानगरपालिकाले रोक्न खोजेको कोटिहोम ज्ञान महायज्ञलाई उच्च अदालत पोखराले निरन्तरता दिने आदेश दिएको छ।
यसअघि पोखरा महानगरपालिकाले विभिन्न स्थानमा परिपत्र जारी गर्दै महायज्ञ रोक्न निर्देशन दिएपछि श्री मानव सेवा फाउण्डेसन, नेपालले उच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दिएको थियो। २०८१ फाल्गुन १ गते उच्च अदालतले कोटिहोम नरोक्न/नरोकाउन आदेश दिएको थियो।
तर, पोखरा महानगरपालिकाले उक्त आदेश खारेज गरिपाउँ भन्दै पुनः भ्याकेट निवेदन दिएको थियो। आज २०८१ फाल्गुन १९ गते पेशी चढी संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्नु नपर्ने भन्दै सोही आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ।
यससँगै ऐतिहासिक कोटिहोम ज्ञान महायज्ञ पूर्व निर्धारित मिति, स्थान र समयमै सम्पन्न हुने निश्चित भएको छ।

















