पोखरा-पोखरा महागरपालिका वडा नं. ५ लाई पुर्ण खोप वडा घोषण गरिएको छ । शहरी स्वास्थ्य केन्द्र, ५ मालेपाटनले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना पुर्ण खोप वडा घोषण गरिएको हो । महानगरपालिकाको खोप समितिले स्विकृत प्रदान गरेपछि पूर्णखोप वडा घोषणा गरिएको हो ।
कार्यक्रका अध्यक्ष तथा शहरी स्वास्थ्य केन्द्र, ५ मालेपाटनका व्यवस्थापन समितिका अध्यक्ष कल्पना भुगाई क्षत्रीले १५ महिना भित्रमा राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सम्पुर्ण खोपहरु पाइसकेको सुनिश्तिता भई पुर्ण खोप वडा भएको बताइन । उनले आगामी दिनमा पुर्णखोपको सुनिश्तिता र निरन्तरताका लागि सहयोग गर्न सबैले आ आफ्नो भुमिका निवार्ह गर्न आव्हान गरिन् ।
वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद बरालले पुर्ण खोप वडा बनाउन सहयागे गर्ने जनप्रतिनिधी, स्वास्थ्य स्वंसेविका, अविभावक र सबै सहयोगीहरुलाई धन्यवाद दए । मानिस पुर्ण रुपमा स्वस्थ हुन राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप लगाउनु पर्ने भन्दै खोप समयमै र नियमित लगाउन सुझाए ।
वडा खोप समन्वय समितिको मिति २०८२÷०१÷१५ मा बसेको बैठकले महानगर खोप समितिलाई वडा पूर्णखोप घोषणा गर्नका लागि वैशाख १६ मा सिफारिस पत्र पठाएको थियो । उक्त सिफारिस पत्र अनुसार महानगरपालिकाले गरेको भेरिफिकेसन तथा संलग्न बालबलिकाको विवरण समायोजन फाराम अनुसार मिति २०८२÷०१÷१९ गतेको महानगर खोप समितिले पूर्णखोप वडा घोषणा गर्न स्विकृत प्रदान गरेको थियो । वडालाई पुर्ण खोपको अवस्थालाई कायम राख्न निरन्तर प्रतिवद्ध रहन पनि महानगर खोप समितिले अनुरोध गरेको छ ।