पोखरा महानगरपालिका वडा नं. २१ अन्तर्गत पर्ने सार्वजनिक जग्गा अतिक्रमण रोकथामको लागि उपस्थित वडा अध्यक्ष दिपक प्रसाद सुवेदी माथि रड प्रहार गरी गरिएको आक्रमण भएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सक्रिय रहेका वडाध्यक्ष सुवेदीमाथि भएको यो हिंसात्मक घटनाको व्यापक आलोचना भएको छ।
स्थानिय प्रशासन र सुरक्षा निकायलाई घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानूनी कारबाही गर्न माग गरिएको छ। सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्ने प्रयासमा संलग्न जनप्रतिनिधिमाथि भएको यस्तो आक्रमण लोकतान्त्रिक व्यवस्थामाथिको हमला भएको भन्दै विभिन्न संघसंस्थाले पनि विरोध जनाएका छन्।
सुरक्षा निकायले यस घटनामा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र पहिचान गरी कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। यसप्रकारको घटनाले समाजमा नकारात्मक प्रभाव पार्ने भएकाले शान्ति सुरक्षा कायम गर्न सबै पक्षहरू सतर्क रहनुपर्ने स्थानीय बासिन्दाहरूको धारणा रहेको छ।