Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडी बढाउने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडी बढाउने विषयमा नगर प्रमुख धनराज आचार्य र एडिबीको टोली बिच छलफल भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता थियो । टोलीमा परियोजना निर्देशक चूडाराज ढकाल, यातायात विज्ञ भूपेन्द्र भट्ट, परियोजना विश्लेषक प्रमोद पुडासैनी र प्रोजेक्ट म्यानेजर (पोखरा खण्ड) अमित कुमार श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।


भेटका क्रममा पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डमा काम अगाडी बढाउने विषयमा छलफल भएको प्रमुख आचार्यले बताउनुभयो । महानगरपालिकाको तर्फबाट यस खण्डमा काम अगाडी बढाउन कुनै समस्या नरहेको र काम गर्दै गर्दा कुनै प्रकारको समस्या देखिए त्यसको तत्काल समाधानका लागि महानगरपालिका प्रतिबद्ध रहेको आचार्यले बताउनुभयो ।


“अहिले हामीले पोखरा खण्डको राइट अफ वे खालि गराउने काम सम्पन्न गरिसकेका छौँ, प्रमुख आचार्यले भन्नुभयो, अभियान कै रूपमा सडकको मापदण्ड खाली गराउने काम गरिएको हो, अब केही स्थायी संरचनाहरू हटाउन बाँकी छ, मुआब्जाको प्रक्रिया सकिना साथ ती सबै संरचनाहरू तत्काल हटाइनेछ ।” हाल काम अघि बढाउनका लागि वातावरण तयार गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार काम अघि बढाउन एडिबीको टोली सकारात्मक देखिएको छ ।


यो राजमार्ग एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सडक आयोजनाको मापदण्ड अन्तर्गत पोखरा खण्ड ४६ मिटर चौडाइको हुनेछ ।


सेती नदीमा हाल भएको पुलभन्दा माथि र तल २–२ लेनको दुइटा पुल बनाउन १ अर्ब ७ करोड रुपैयाँमा नेपाली कम्पनी रसुवा कन्स्ट्रक्सनले ठेक्का पाएको छ भने, सेती पुलबाहेक राजमार्गको पश्चिम खण्डमा ४ वटा ठुला र १२ वटा साना पुल बन्नेछन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist