पोखरा महानगरपालिका वडा नं.५ को वडा कार्यालय अगाडी रहेका अस्थायी टहराहरू हटाइएको छ । धर्मस्थली आधारभूत विद्यालयको स्वामित्वमा रहेको जमिनमा रहेका टहराहरू महानगरपालिकाले हटाइदिएको हो ।
विद्यालयसँग गरिएको सम्झौता विपरीत व्यवसाय सञ्चालन भएको पाइएपछि ती टहराहरू विद्यालयसँगको सहकार्यमा महानगरपालिकाले हटाइदिएको हो । टहरामा शङ्कास्पद गतिविधिहरू सञ्चालन गरिएका अनुगमनका क्रममा भेटिएको वडा अध्यक्ष विष्णु प्रसाद बरालले बताउनुभयो ।

यसअघि वडा कार्यालयले टहराहरू हटाउन २१ दिने सूचना दिएको थियो । खालि गरिएको स्थानको उपयोगका सन्दर्भमा विद्यालयसँगको छलफलबाट निष्कर्ष निकालिने भएको छ।