Thursday, June 5, 2025

आजको मिति: २०८२ जेष्ठ २३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
कोटिहोममा भोलि महानायक राजेश हामाल आउँदै
कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै
जैमिनीमा सबैभन्दा बढी बेरुजु, बरेङमा न्यून
Next
Prev

प्रचण्डलाई कतै ताली कतै गाली : हेटौँडामा तस्वीर जलाइयो, रुपन्देहीमा ७१ केजीको माला अर्पण

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्याैपाने
काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनको अन्फतरालमा फरक दृष्टिकोण देखिएको छ। हेटौँडामा विरोधको स्वरूपमा उनको तस्वीर जलाइयो भने रुपन्देहीमा भव्य स्वागतसहित ७१ केजीको माला अर्पण गरिएको छ।


हेटौँडामा चर्को विरोध:
हेटौँडामा सम्पन्न प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशन उद्घाटन सत्रमा संगठनका केन्द्रीय सचिव निराजन बम पतालाले रोष्टममै उभिएर प्रचण्डको तस्वीर जलाएका थिए। उनले माओवादी युद्धकालदेखि हालसम्मका गतिविधिलाई लिएर प्रचण्डलाई दोषी ठहर गर्दै “देशमा बैंक लुट्ने, आतंङ्क मच्चाउने, १७ हजार मानिस मार्ने” जस्ता आरोप लगाएका थिए।


रुपन्देहीमा भव्य सम्मान:
रुपन्देहीको ओम सतियामा भने प्रचण्डलाई भव्य सम्मान प्रदान गरिएको थियो। जमुहानी पोखरा ताल व्यवस्थापन समितिले उनको उमेर बराबरको ७१ केजीको माला लगाइदिएको थियो। स्थानीय नेता तथा कार्यकर्ताहरूले उनलाई देशको विकासका लागि अहम् भूमिका खेलेको भन्दै सम्मान व्यक्त गरेका थिए।



प्रचण्डप्रति देखिएको यस्तो फरक व्यवहारले नेपालको राजनीतिमा उनीप्रति रहेको मिश्रित धारणा उजागर गरेको छ। एक पक्षले उनको आलोचना गर्दै विरोध प्रकट गरिरहेको छ भने अर्को पक्षले सम्मान र समर्थन देखाइरहेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist