Friday, January 9, 2026

आजको मिति: २०८२ पुष २५ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराका पत्रकार धनबहादुर गुरुङ पुरस्कृत
मर्दिसेति डट कमले ग¥यो खेलाडी सम्मान
Next
Prev

प्रतिनिधि सभा प्रत्यक्षतर्फ सुन्दर बस्यालको बलियो दाबी

Share on facebook
Share on twitter
Share on linkedin

तनहुँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन (प्रत्यक्षतर्फ) को तयारीसँगै तनहुँ क्षेत्र नं. २ मा समाजसेवा र नेतृत्व क्षमताका आधारमा विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा आउन थालेका छन्। तीमध्ये सुन्दर बस्याल हाल सबैभन्दा बलियो आकांक्षी उम्मेदवारका रूपमा अघि देखिएका छन्।



एनसिडिए (NCDA) तनहुँका वरिष्ठ उपाध्यक्ष, लायन्स क्लबका अग्रणी लायन्स लिडर तथा स्वास्थ्य क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि समर्पित सामाजिक अभियन्ता बस्याल विभिन्न सामाजिक संघ–संस्था र स्वास्थ्यसम्बन्धी अभियानहरूमा सक्रिय रहँदै आएका छन्। जनस्वास्थ्य, सेवा र सचेतनाका क्षेत्रमा उहाँले पुर्‍याउँदै आएको योगदान उल्लेखनीय मानिन्छ।



निष्कलंक छवि, अनुभव र सेवाभावका कारण बस्याललाई जनताले जिम्मेवार र भरोसायोग्य नेतृत्वका रूपमा हेर्ने गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँ–२ का सभापति समेत रहनुभएका उहाँ जनताको दुःख–सुखमा साथ दिने, परिणाममुखी कार्यशैली अपनाउने र राजनीतिको केन्द्रमा ‘सेवा’ लाई राख्ने व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।



समाजसेवा, सुशासन, स्वास्थ्य र पारदर्शी विकासका स्पष्ट दृष्टिकोणसहित सुन्दर बस्यालले तनहुँ–२ का मतदातामाझ बलियो विश्वास निर्माण गर्न सफल भएका छन्। यही विश्वासका आधारमा उहाँ प्रतिनिधि सभा (प्रत्यक्षतर्फ) का आशालाग्दा र सशक्त आकांक्षी उम्मेदवारका रूपमा अघि बढिरहनुभएको छ।



निर्वाचन मिति नजिकिँदै जाँदा तनहुँ–२ मा सेवाभाव, नेतृत्व क्षमता र सामाजिक योगदानका आधारमा सुन्दर बस्याललाई ‘भरोसायोग्य नेतृत्व’ का रूपमा जनस्तरमा व्यापक चर्चा–परिचर्चा भइरहेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist