पोखरा, – प्रदेश हक्की संघको आयोजनामा आज एक विशेष कार्यक्रम सम्पन्न भएको छ जसमा ३२ जना खेलाडीलाई नगद सहित सम्मान गरिएको छ । भने हालै नियुक्त भएका प्रदेश खेलकुद परिषदका सदस्यहरूलाई परिचयात्मक तथा सम्मान कार्यक्रम मार्फत सम्मान गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले प्रदेशमा दर्ता भएका २७ वटा खेल संघमध्ये प्रदेश हक्की संघलाई उत्कृष्ट संघको रूपमा घोषणा भएको छ । उहाँले १०औं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न पनि सबैलाई आह्वान गर्नुभयो। “हक्की अहिले विद्यालय क्षेत्रमै मात्र होइन, सम्पूर्ण प्रदेशमै लोकप्रिय हुँदै गएको छ,” गुरुङले भन्नुभयो।
कार्यक्रममा हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खडका, केन्द्रीय सदस्य हितकुमार गुरुङ, कास्की जिल्ला हक्की संघका अध्यक्ष सुजन पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष तिलकबहादुर अधिकारी, कार्यलय प्रमुख सुन बहादुर लामा लगायत प्रदेश खेलकुद परिषदका नवनियुक्त सदस्यहरू साथै खेलाडीहरुको बाख्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा सम्मानित नवनियुक्त प्रदेश खेलकुद परिषदका सदस्यहरु मध्येबाट रबिन्सन प्रंजु र सङ्गिता सुवेदीले शुभकामना शुभकामना मन्तवय राख्दै आगामी दिनमा संघ संग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो सम्मान को लागि प्रदेश हक्की संघलाई धन्यवाद ज्ञापन गरे ।
सभाध्यक्षका रूपमा हक्की संघका अध्यक्ष दीपकबहादुर थापाले हक्की संघ आधिकारिक रूपमा दर्ता भएको ६ महिनामै ५ वटा उपाधि जितेको जानकारी दिनुभयो। उहाँले भारतको राजस्थानमा सम्पन्न मैत्रीपूर्ण खेलमा सहभागिता तथा मलेशियामा आयोजित आमन्त्रीत प्रतियोगितामा गण्डकी प्रदेशबाट दुई जना खेलाडीले सहभागिता जनाएर उपाधि जितेको तथ्य प्रस्तुत गर्नुभयो।
अध्यक्ष थापाले हक्की मैदानको व्यवस्थापनमा प्रदेश र जिल्लाबाट थप सहयोगको अपिल पनि गर्नुभयो।
कार्यक्रमको स्वागत मन्तव्य हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खडकाले राख्नुभएको थियो भने सञ्चालन सचिव अजय क्षेत्रीले गर्नुभएको थियो।
कार्यक्रम भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।