पोखरा, गण्डकी — गण्डकी प्रदेश खेलकुद परिषदले बुधबार एक विशेष कार्यक्रमको आयोजना गरी वर्ष २०८१/०८२ को उत्कृष्ट खेलाडी, खेल संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई सम्मान गरेको छ।

कार्यक्रमको प्रमुख आकर्षण एथलेटिक्स खेलाडी नारायणी भण्डारी रहिन्, जसले १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रा ८ सय मिटर दौड २ मिनेट १७.९ सेकेन्डमा पूरा गर्दै २५ वर्ष पुरानो कीर्तिमान तोडेकी थिइन्। उनले उक्त प्रतियोगितामा १५०० मिटर दौडमा स्वर्ण पदक र रिले दौडमा रजत पदक जितेकी थिइन्। परिषदले उनलाई वर्ष सर्वोत्कृष्ट खेलाडीको रूपमा सम्मान गर्दै नगद रु ४३ हजार प्रदान गर्यो।
यसै क्रममा प्रादेशिक क्रिकेट संघलाई वर्ष सर्वोत्कृष्ट खेल संघको रूपमा नगद रु १ लाखसहित सम्मान गरियो भने प्रदेश हक्की संघलाई उत्कृष्ट खेल संघको रूपमा रु ५० हजारसहित सम्मान पत्र प्रदान गरियो।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका ९३ जना खेलाडीहरूलाई नगदसहित सम्मान गरियो। परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार, वर्षभरिका प्रदर्शनको मूल्याङ्कनका आधारमा छात्रवृत्ति पनि प्रदान गरिएको छ।

सम्मानित प्रमुख खेलाडीहरूमा समावेश छन्:
विश्वास अधिकारी – भलिबल, रजत (माल्दिभ्स), नवलपुर – रु १२,०००
विजय महत्तो – सेपाक्ताक्रो, रजत (South Asian), नवलपुर – रु १२,०००
बादल कार्की – एथलेटिक्स, काँस्य (पाकिस्तान), कास्की – रु १२,०००
कुसुम गोदार, ज्योत्स्निका मरासिनी, सिमाना के.सी., रचना चौधरी – क्रिकेट, स्वर्ण (U-19 Women’s), स्याङ्जा/कास्की – जनही रु २२,०००
सुवास भण्डारी, दिपक डुम्रे, अर्जुन कुमाल – क्रिकेट, स्वर्ण (U-19 Men’s), कास्की – जनही रु १२,०००
छात्रवृत्तिको विवरण यस्तो छ:
स्नातक तह अध्ययनरत ४ जना खेलाडीलाई जनही रु २७ हजार
कक्षा ११÷१२ अध्ययनरतलाई जनही रु २२ हजार
कक्षा १० सम्म अध्ययनरत २१ जना जुनियर खेलाडीलाई जनही रु १७ हजार
अन्य सम्मान तथा पुरस्कारहरू:
अन्तर्राष्ट्रिय पदक विजेता १६ जना खेलाडीलाई जनही रु १७ हजार
सहभागिहरूलाई जनही रु १० हजार
राष्ट्रिय स्तरमा स्वर्ण, रजत, र काँस्य पदक विजेताहरूलाई क्रमशः रु १७ हजार, रु १५ हजार, र रु १३ हजार प्रदान गरियो।
कार्यक्रममा उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा, परिषद सदस्य विनय थापा र नासु डिबी नेपालीले पुरस्कार तथा सम्मानपत्र वितरण गरेका थिए।

कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले भने, “यो कार्यक्रम गण्डकी प्रदेशको खेलकुद इतिहासमा नयाँ फड्को हो। यसले युवा खेलाडी उत्पादन र प्रेरणामा महत्वपूर्ण भूमिका खेल्नेछ।”
सदस्य सचिव शर्माले खेलकुद क्षेत्रले न्यून बजेटका बाबजुद उल्लेखनीय प्रगति गरिरहेको जनाउँदै, भविष्यमा खेलाडीहरूका लागि अक्षयकोष स्थापना गर्ने घोषणा गरे।
कार्यक्रम सञ्चालनमा परिषदले कुल रु १८ लाख ५० हजार खर्च गरेको जनाएको छ।क्रिकेट, स्वर्ण (U-19 Men’s), कास्की – रु १२,०००
दिपक डुम्रे – क्रिकेट, स्वर्ण (U-19 Men’s), कास्की – रु १२,०००
अर्जुन कुमाल – क्रिकेट, स्वर्ण (U-19 Men’s), कास्की – रु १२,०००
सोयल कुँवर – क्रिकेट, स्वर्ण (U-19 Men’s), कास्की – रु २२,०००
सिब्रिन श्रेष्ठ – क्रिकेट, स्वर्ण (U-19 Men’s), कास्की – रु २२,०००
अपरिचित पौडेल – क्रिकेट, स्वर्ण (U-19 Men’s), नवलपुर – रु २२,०००
विशाल थापा मगर – कबड्डी, रजत (Bangabandhu Cup), बाग्लुङ – रु १२,०००
सुस्मिता थापा – तेक्वान्दो, बाग्लुङ – रु २७,०००
स्मृति गुरुङ – कराते, रजत (कोलम्बिया), गोर्खा – रु १२,०००