✍️ अजय क्षेत्री
काठमाडौं, २०८१ कार्तिक २० – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनका सम्पूर्ण भेटघाटहरू अस्थायी रूपमा बन्द गरिएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई १०३ डिग्रीसम्म ज्वरो देखिएको छ, जसका कारण उनी आराम गरिरहेका छन्।
उनलाई डेङ्गु संक्रमणको आशंका गरिएको छ, र त्यसका लागि रगत परीक्षणका लागि नमूना ल्याबमा पठाइएको छ। चिकित्सकहरू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नियमित निगरानीमा छन् भने ज्वरोको कारण पत्ता लाग्न बाँकी छ।
प्रधानमन्त्रीको स्वास्थ्य समस्याबारे जानकारी पाएपछि उनको नियमित कार्यतालिका स्थगित गरिएको छ। उनको स्वास्थ्यमा सुधार हुनासाथ नियमित कार्यमा फर्कने अपेक्षा गरिएको छ।