✍️ अनुष्का कुवँर
सेन्दाई, जापान – प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी तोहोकु सेन्दाईले आफ्नो दोस्रो अधिवेशन गर्ने तयारी गरेको छ। आगामी नोभेम्बर १७ गते आइतबार टल्क नेट सेन्दाई (सिटि सेन्टर) 仙台市民会館 (第1会議室) मा हुने अधिवेशनमा केन्द्रीय कमिटीका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहने जानकारी अध्यक्ष अनिल गिरीले दिएका छन्।
अध्यक्ष गिरीले अधिवेशनलाई सफल बनाउन र संगठनलाई अझै मजबुत बनाउने उद्देश्यले सम्पूर्ण नेपालीहरूलाई एकजुट भएर सहभागिता जनाउन आग्रह गरेका छन्। उनले संगठन प्रति आस्था, विश्वास र समर्थन व्यक्त गर्ने सम्पूर्ण नेपालीहरूलाई अधिवेशनमा जोडिन आह्वान गर्दै प्रवासी नेपाली समुदायलाई समेट्दै मञ्चलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
“कमिटीमा नयाँ साथीहरूको आवश्यकताका कारण सबैलाई हातेमालो गर्दै संगठनलाई अघि बढाउन आह्वान गरिन्छ,” अध्यक्ष गिरीले भने। “संगठन प्रति विश्वास र आस्था राख्ने हरेक व्यक्ति यो अधिवेशनमा उपस्थित भई समर्थन जनाउनुपर्ने आवश्यकता छ,” उनले थपे।
अधिवेशन नजिकिँदै गर्दा तोहोकु सेन्दाई कमिटीले अधिवेशनका लागि तयारीलाई अन्तिम रूप दिँदैछ। अध्यक्ष गिरीले अधिवेशनलाई सफल बनाउन सम्पूर्ण सदस्यहरूको सहभागिता र योगदानको अपेक्षा गरेका छन्।
प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रीय कमिटी सेन्दाईको यस अधिवेशनले संगठनलाई नयाँ दिशा दिने र प्रवासी नेपालीहरूको हितमा महत्वपूर्ण निर्णयहरू गर्ने अपेक्षा गरिएको छ।