✍️ विवेक न्यौपाने
फुलबारी मणिपाल काहूँ धरहरा सिँढी बाटो निर्माण समिति पोखरा-११ शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
फुलबारी मणिपाल काहूँ धरहरा सिँढी बाटो निर्माण समिति पोखरा-११ का उपाध्यक्ष हरि प्रसाद बास्ताेलाले स्वागत मन्तव्य दिदै सिँढी बाटो निर्माण पछि काहुकाेटसँगै समग्र पोखराकाे पर्यटनमा थप ईटा थप्ने बताउनुभयो।
कार्यक्रममा शिवशक्ति क्याम्पसका अध्यक्ष टुबराज बास्ताेलाले फुलबारी मणिपाल काहूँ धरहरा सिँढी बाटो निर्माणपछि बिधार्थीलाई पनि ट्रेकिङ र हाईकिंगकाे पढाईसँगै पर्यटन विकासमा जाेड पुग्ने बताउनुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा फुलबारी मणिपाल काहूँ धरहरा सिँढी बाटो निर्माण समितिका अध्यक्ष तीर्थ बहादुर बस्नेतले अनुमानित लागत, खर्च प्रस्तुत गर्नु भएको हाे।
कार्यक्रमका विशिष्ट अतिथि पो.म.न.पा वडा नं: ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्यले शिलान्यास पछिकाे काहुँकाे अबस्था र निर्माण गर्न कुरा आफ्नो दायित्व भित्र पर्ने बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फुलबारी मणिपाल काहूँ धरहरा सिँढी बाटो १ वर्ष भित्र निर्माण सकिसक्नु पर्ने बताउदै निर्माण सम्पन्न पछि ऐतिहासिक, नमुना र पर्यटकीय दृष्टिकोणले सफल हुने बताउनुभयो।
कार्यक्रमकाे संचालन संस्थाका सचिव कुमार क्षेत्रीले गर्नुभएको हाे ।