Wednesday, January 21, 2026

आजको मिति: २०८२ माघ ८ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
पोखराका पत्रकार धनबहादुर गुरुङ पुरस्कृत
Next
Prev

फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
१० दिनसम्म सञ्चालन भएको उक्त उद्घोषण तथा भाषणकला तालिम लिएका २१ जना बिद्यालय स्तरिय बालबालिकाहरुको सहभागिता रहेको तालिमका प्रमुख प्रशिक्षक तथा ट्रेनिङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीले जानकारी दिए। जाडो बिदाको बेलामा बिद्यालय बिदा हुने हुँदा त्यो समयको उपयोग गर्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको सञ्चालक पहारीले उल्लेख गरे। तालिम लिने बिद्यार्थीहरु पोखरा बजार क्षेत्रका चर्चित बिद्यालयका बिद्यार्थीहरु हुन् ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण तथा तालिम पश्चातको अनुभव र बिभिन्न अवार्डले सम्मान समेत गरिएको थियो । २ चरणमा भएको समापन कार्यक्रममा पहिलो चरणमा प्रशिक्षार्थी बिद्यार्थीहरुले नै कार्यक्रम तालिका बनाएर कुशलता पुर्वक कार्यक्रम सञ्चालन गरेका थिए भने उक्त कार्यक्रम पछि औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो ।


कार्यक्रममा बोल्दै तालिका प्रमुख प्रशिक्षक तथा ट्रेनिङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीले २०७७ सालमा स्थापना भएको सस्थाले शुरुमा निकै चुनौतिको सामना गरे पनि अहिले सहज रुपमा सहभागिहरु सिक्नको लागि आउने गरेको बताए।उनले तालिम लिनको लागि सबै उमेर समुहको सहभागिता हुने गरेको उल्लेख गरे। तालिम दिनको लागि मात्रै नभई ब्यबहारिक रुपमा समेत पुर्णरुपमा उपयोगि हुने खालको भएको जनाए। सञ्चालक पाहारीले तालिममा बढि भन्दा बढि प्रयोगात्मक अभ्यासमा जोड दिइने उल्लेख गरे।त्यस्तै उनले बोल्ने बानिको विकास गर्नको लागि बालबालिकालाई नियमित रुपमा अभ्यास गराउन अभिभाबकलाई आग्रह गरे ।


मामु छोरि फुड्स पोखरा बिरौटाकि सञ्चालक तथा कार्यक्रमकि प्रमुख अतिथि बिन्जुल श्रष्ठले आफुले पनि उद्घोषण तथा भाषणकला तालिम लिदाको क्षण स्मरण गदै सोहि तालिम पश्चाको सिकेको कुरालाई ब्यवसायमा प्रयोग गरि सफलता प्राप्त गरेको बताइ्न । उनले आगामि दिनमा पनि फ्रीडम ट्रेनिङ्ग सेन्टर सगँ सहकार्य गरेर अगाडि बढने उल्लेख गरिन् । अभिभाबकको तर्फबाट डाक्टर कृष्ण मुरारी अधिकारीले तालिमको महत्व माथि प्रकास पार्दै तालिम बिद्यार्थीलाई अनिवार्य भएको उल्लेख गरे ।


कार्यक्रममा समाजसेवी तथा पर्यटन ब्यवसायी राजु दाहाल पुर्व प्रशिक्षार्थी इन्फोम्याट्रिक्स इन्चिटिउटका सञ्चालक प्रदिप थापा, रेडियो अन्नपूर्णका सञ्चारकर्मी सबिन रेग्मी लगाएतले उद्घोषण तथा भाषणकला तालिमको महत्वको बारेमा बोलेका थिए । कार्यक्रममा मामु छोरि फुड्स र गण्डकी टेलिभिजन नेटवर्क काठमाडौँले सहकार्य गरेका थिए । तालिममा सहभागिहरुले आफ्नो अनुभव शेयर गर्दै तालिम अति उत्कृष्ट भएको बताए।
फ्रीडम ट्रेनिङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व प्रशिक्षार्थी प्रतिक थापाले गरेका हुन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist