Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

बागलुङमा प्रहरीले लागुऔषध सहित एक युवालाई पक्राउ

Share on facebook
Share on twitter
Share on linkedin

✍️सुजन आचार्य
बागलुङको गलकोट नगरपालिका–५ घरभई बागलुङ नगरपालिका–२ टेलिकम चोकमा बस्दै आएका २२ बर्षिय गौतम बस्नतेलाई सोमबार दिउँसो लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बस्नेतले कोठाबाटै लागुऔषध (डाईजेपाम) को कारोबार गरिरहेका भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा ५४ एम्पुल लागुऔषध बरामद गरिएको जिप्रका बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बताए ।


डिएसपि केसीले बस्नेतको कोठामा निलो रंगको टिसर्टमा बेरी राखेको अवस्थामा डायजेपाम इन्जेक्सन आईपी १८ एम्पुल, बुप्रेनोर्फिन इंजेक्शन आईपी १८ एम्पुल र प्रोमेथालिन हाइड्रोक्लोराइड इंजेक्शन आईपी १८ एम्पुल लागुऔषध फेला पारिएको बताए ।


पक्राउ परेका बस्नेतलाई सोमवार बागलुङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपि केसीले बताए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist