Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

बिध्यवासिनी नवदुर्गा महोत्सवको आज पाचौ दिन :अतिथिमा देवकृष्ण पराजुली

Share on facebook
Share on twitter
Share on linkedin

झण्डै २५० बर्ष पुरानो अनुमान गरियको पोखराको पर्यटकिय एवं धार्मिक तिर्थस्थल बिन्ध्यवासिनी मन्दिरमा बिन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८० चलिरहेको छ ।बिन्ध्यवासिनी धार्मिक क्षेत्र  बिकास समितिले आयोजना गरेको बिन्ध्यवासिनी नवदुर्गा महोत्सव तथा श्रीमददेवि भागवत ज्ञान महायज्ञको आज पाचौं दिन युवा राजनितिज्ञ तथा पोखरा महानगरपालिका वडा  न ४ का वडा अध्यक्ष देबकृष्ण पराजुलिको प्रमुख आतिथ्यमा बिहानी सत्रको शुभारम्भ गरियको छ ।वडा अध्यक्ष पराजुलीले शिव मन्दिर,राधाकृष्ण मन्दिर लगायत बिन्ध्यवासिनी परिसरमा रहेका सम्पुर्ण यज्ञ मण्डपहरुमा पुजा गरि नवदुर्गा महोत्सवलाई थप शोभनीय बनायका थिय ।


वडा अध्यक्ष पराजुलीले महोत्सव बाट सास्कृतिक सद्भावको अभिबृद्दी ,धर्म सस्कृती र परम्पराको संरक्षण तथा धार्मिक पर्यटनको बिकासमा महत्त्वपूर्ण योगदान पुग्ने बतायका छन् ।साथै आउदै गरेको बिजया दशमी ,शुभ दिपावली तथा छठको पावन अवसरमा सम्पुर्ण देश तथा बिदेशमा रहनु भयका नेपाली दाजुभाइ तथा दिदिबहिनी एवम् पोखरा नगरवासिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन ।उनले चाडपर्व सभ्य र भब्य तरिकाले मनाउन पनि सम्पुर्ण नगरवासिलाइ अनुरोध गरेका छन् ।


घटस्थापनाको दिन प्रारम्भ भयको नवदुर्गा महोत्सवमा चौथो दिन सम्म करिब दस लाखको हाराहारिमा स्वच्छिक भेटि संकलन भयको बिन्ध्यवासिनी धार्मिक क्षेत्र बिकास समितिका सचिव तिर्थ श्रेष्ठले जानकारी दिय।सचिव श्रेष्ठले सन्सारमा पर्यटनको विकास नै धार्मिक पर्यटन बाट भयको तर नेपाल सरकार तथा नेपाल पर्यटन  बोर्ड को धार्मिक पर्यटनप्रतिको दृष्टिकोण त्यति धेरै सकारात्मक नरहेको गुनासो गरेका छन ।उनले धार्मिक क्षेत्रलाई सरकारले उचित प्राथमिकतामा राखी लगानी बढाउन पनि आग्रह गरेका छन।


घटस्थापना बाट सुभारम्भ भयको श्रीमददेवि भागवत ज्ञान महायज्ञ नवमिको दिनमा सम्पन्न हुनेछ ।यश महायज्ञमा प्रखर वक्ता युवा पन्डित श्री हरि शरण पौडेल बाट संगीतमय झाकी सहित श्रीमददेवि भागवतको कथा प्रस्तुत भइरहेको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist