Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

Share on facebook
Share on twitter
Share on linkedin

भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । आगामी माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुईवटा समूहमा विभाजन गरिएका छन् ।


प्रतियोगितामा सहभागी महानगरभित्रका १० सामुदायिक विद्यालय समूह ‘ए’ मा छन् भने बाँकी १० वटा निजी विद्यालय समूह ‘बी’ मा छन् । माघ २६ देखि फागुन १ सम्म हरेक दिन २ खेल खेलाउने गरी तालिका बनाइएका छन् ।


नकआउट चरणमा विजयी ५ सामुदायिक र ५ निजी विद्यालयले मेयर्स कप लिग खेल्नेछन् । राउण्ड रोबिनका आधारमा खेलाइने लिग चरणका खेल फागुन ४ बाट सुरु गरिने सहआयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए ।


प्रतियोगितामा सहभागी १० वटा सामुदायिक विद्यालयलाई प्रतियोगिताका मूल प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले आवश्यक खेलसामग्री र गेम जर्सी प्रदान गर्न लागेको छ । आगामी माघ २४ गते आयोजक भरतपुर महानगरपालिकाको सभाहलमा आयोजना गरिने कार्यक्रममा ती खेलसामग्री र जर्सी हस्तान्तरण गरिने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । एक्सपर्टले ८ लाख ६० हजार बराबरका खेलसामग्री र जर्सी दिने समझदारी महानगरसँग गरेको छ ।


भरतपुर महानगरपालिकाले ग्रासरुट क्रिकेटको विकास गर्नका लागि मेयर्स कप वार्षिक बजेटमै समेटेको छ । यसलाई निरन्तर अघि बढाउने योजना भरतपुर महानगरपालिकाको रहेको मेयर रेनु दाहालले बताएकी छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist