१० वर्षे सशस्त्र जनयुद्द र जनाअन्दोलनको नेतृत्व गर्दै देशमा ६२/६३ सालमा संघियता,धर्म निर्पक्षता,लोकतन्त्र ,गणतन्त्र आउनुमा नेकपा (माओबादी केन्द्र ) को अतुलनिय भूमिका छ। यी दौरानमा कयौ हजारौले ज्यान गुमाउनु पर्यो भने कति अझै पनि बेपत्ता छन्।
सायद प्रचण्डले त्यति बेला जनयुद्दको कल्पना नगरेको भए देशको अवस्था कहाँ पुगिन्थ्यो होला। उत्पिडित वर्ग ,समुदाय र महिला अधिकारको प्रतिनिध्वको कुरा नउठाएको भए समाज अझै कुन दिशा तिर जान्थ्यो होला। गाऊ गाउमा सिहंदरबार स्थानीय सरकारमा महिला र दलित महिला अनिबार्य साथ साथै पहिचान सहितको संघियताको मूल नेतृत्व नेकपा (माओबादी केन्द्र ) ले गरेको थियो।
१२ वर्षको उमेर छदै कक्षा ८ बाट आफ्नो समुदायको भातृसंगठनमा क्रियासिल रहेको मनिष तामांग ७४ साल तिरको तमुवान मगरात प्रदेश नामकरण आन्दोलनमा होमियो। आफ्नो समुदाय ,वर्ग को मुद्दा स्थापित गर्ने एक मात्र राजनीतिक दल नेकपा ( माओबादी केन्द्र ) देखेको उसले भातृसंगठन ७४ सालमा अखिल (क्रान्तिकारी) प्रवेश गरे २०७५ सालमा अमरसिंह मा बि इकाइको सचिब हुदै ७६ सालमा दोश्रो सम्मेलनबाट इन्चार्ज बने।
अमरसिंह मा बि मा बिधार्थीको आवज बोल्ने हक हितको कुरा गर्ने बिधालय प्रशासन संग समस्या लिएर जाने, कालापानी लिपुलेख सिमाना जोगाउनु पर्छ भन्दै आन्दोलनको नेतृत्व गरेको मनिष तामांग कार्यक्रम सकिय लगत्तै प्रहरीले पक्राउ गरि रामबजार चौकी लिएर गय। बिधार्थी माज लोकप्रियता बनाउदै गएको मनिष तामांग नेताहरुको नजर उसमा पर्न गयो।अमरसिंह बाट +२ सकेको मनिष तामांग विभिन्न कलेजमा विचार साथ साथै संगठन विस्तार गर्दै प्रथम पोखरा महानगरपालिकाको सम्मेलन बाट सचिब बन्ने सोच गरेको मनीषले सबै पालिकाको सम्मेलन सकिदा पनि पोखराको भने हुन् सकेन। पृथ्वी नारायण क्याम्पसमा स्नातक तहमा भर्ना भइ पिएन क्याम्पसको ११ औ सम्मेलनमा सचिबमा दाबि गरेको मनिषले सह सचिब सम्म आउने सहमति जनायो तर तामांग त्यो पनि हुन् नसके पछि संगठन विभागको प्रमुखमा ११ औ सम्मेलन २०७८ सालमा निर्बाचित भयो।संगठन बिभाग प्रमुखको जिम्मेवारी पाएको मनिष तामांगले एउटा हुत हति लिएर अघि बढ्न लाग्ने क्रममा कमिटिकै १४ जनाले सामुहिक राजिनामा दिने चेतावनी दिएकोले अध्यक्ष कासीराम पौडेलले गतिबिधि अहिले केहि नगर्न आग्रह गरेकाले क्याम्पसमा उसको गतिबिधि अघि बदन सकेन।
त्यसमा ब्रेक लागे संगै तामांगले २०७८ साल मंगसिर तिर नेकपा माओबादी केन्द्र पोखरा महानगरपालिका वडा न १ को सह सचिब पदमा निर्बाचित भइ स्थानीय स्तरमा राजनीतिक गतिबिधि अघि बढाउदै गयो। ७९ को स्थानीय र संघको चुनाबमा आफ्नो उम्मेदवार जिताउन अघि बढेको मनिषले स्थानीय स्तरमा आफ्नो उपस्थिति अघि बढाउदै लगे । २०८० सालमा सामाजिक संघ संस्था तिर अघि बढ्दै नेपाल आदिबासी जनजाती महासंघ कास्कीको सह सचिब बने। बिधार्थी गतिबिधि कम हुदै गएकोम। रामजी बराल (जिबन ) कास्की जिल्ला इन्चार्ज र बिनय थापा बिधार्थी फ्राक्सन इन्चार्ज भए पछि बिधार्थी संगठन चलायमान हुदै गयो र २०८१ साल बैसाख तिर राष्ट्रिय मा बि मा बसेको बैठकले पोखरा महानगरको संगठन विस्तार गर्ने जिम्मा पाएलगत्तै विभिन्न बिधालयमा जादै संगठन बिस्तार गर्दै संयोजक मनिष तामांगले २०८१ भदौमा पोखरा महानगरपालिकाको प्रथम एतिहासिक सम्मेलन सफल बनाए।
पोखरा महानगरपालिकाको सम्मेलन सफल बनाएको मनिष तामांगले २०८१ भदौमा २३ औ सम्मेलन बाट अखिल (क्रान्तिकारी ) कास्की जिल्लाको सचिबमा निर्बाचित भयो। संगठनको २३ औ राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हदको पक्षमा नतिजा आउदा मनिष तामांग पोखरा महानगर खुल्ला तर्फ़ ९३ मत सहित २०८१ माघमा केन्द्रिय सदस्य पदमा निर्बाचित भयो। १६ वर्ष देखि हुन नसकेको पृथ्वी नारायण क्याम्पसको स्ववियु निर्बाचनमा आफ्नो व्यक्तिगत इच्छा कुनै पदमा नहुदा पार्टिको निर्णय सर्बोमान्य राख्ने मनिष तामांगले पार्टीको सर सल्लाह निर्णय अनुरुप समानुपातिक सदस्यमा उम्मेदवारी दाखिला गरे। र ३१२ मत समानुपातिक सहित १ सिट सुरक्षित गरेको अखिल (अखिल क्रान्तिकारी )ले इतिहासमा पहिलो पटक अखिल को बर्चस्व रहेको पिएनको स्ववियुमा अखिल (क्रान्तिकारी ) को प्रतिनिध्व गर्दै मनिष तामांग स्ववियु सदस्यमा निर्बाचित भएको छ।