मानव सेवा फाउन्डेसनलाई कोटिहोम गर्न दिने निर्णय गरेको छ। सोमबार महानगरपालिकामा बसेको बैठकले कोटिहोम गर्न दिने तर स्थान परिवर्तन गर्ने सहमति जनाएको हो।
महानगरपालिका, तीनवटै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय र आयोजक मानव सेवा फाउन्डेसनका प्रतिनिधिहरूबीच छलफलपछि महानगरपालिकाले कोटिहोममा अपनत्व लिने निर्णय गरेको छ। विश्व हिन्दु महासंघका उपाध्यक्ष शंकर खरालका अनुसार, स्थान विशेषमा देखिएको विवाद समाधान गर्न मंगलबार कार्यपालिका बैठक बस्ने तय गरिएको छ।
बैठकले पाँच सदस्यीय विवाद समाधान समिति गठन गर्ने निर्णय पनि गरेको छ। समितिमा आयोजकका तर्फबाट दुईजना, जिल्ला प्रशासनबाट एकजना, र महानगरबाट दुईजना सदस्य रहनेछन्। यही समितिले कोटिहोम हुने स्थान तोक्नेछ।