Friday, September 20, 2024

आजको मिति: २०८१ आश्विन ४ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रेमा शिक्षा दिवस समारोह
Next
Prev

महिला फ्रेन्चाइज भलिबल प्रतियोगिताका लागि इन्फिनिटी ड्रिम्स प्रालीसङ्ग सात बर्षको सम्झौता

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
खेलाडीलाई भलिबलमै टिकाइ राख्न नेपाल भलिबल संघले महिला फ्रेन्चाइज भलिबल प्रतियोगिताका लागि इन्फिनिटी ड्रिम्स प्रालीसँग सात वर्षको सम्झौता गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र इन्फिनिटी ड्रिम्स प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।


सम्झौतापछि इन्फिनिटी ड्रिम्सले भलिबल संघलाई वार्षिक २५ लाख दिनेछ । साथै यो रकममा हरेक वर्ष १० प्रतिशतले वृद्धि हुने समेत जनाइएको छ । इन्फिनिटी ड्रिम्सले भलिबलका ‘होम एन्ड अवे’ को अवधारणाअनुरुप देशैभर लिग प्रतियोगिता गर्ने अधिकार प्राप्त गरको छ । फ्रेन्चाइज प्रतियोगितामा ६ टिम हुने छन्। हरेक टिमले ३ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् ।


उक्त प्रतियोगिताको टिमका लागि खेलाडी छनोट अक्सन प्रक्रियाबाट हुने छ । अक्सनमा खेलाडीको प्रदर्शनका आधारमा ए र बी गरी दुई श्रेणीमा बिभाजन गरिने छ । श्रेणी ए का खेलाडीको मूल्य एक लाख ५० हजार र श्रेणी बी का खेलाडीको एक लाख तोकिने संघका अध्यक्ष चन्दले बताउनुभयो । प्रतियोगिताको मिति भने निर्धारण गरिएको छैन ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist