पोखरा महानगरपालिका वडा नं. २० भलाम स्थित महेन्द्र मा.वि.को ६३ औं वार्षिकोत्सव अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रो प्रतिवद्धता ः बालमैत्री वातावरण, प्राविधिक एवं गुणस्तरीय शिक्षा भन्ने मूल नाराा साथ अगाडि बढेको उक्त विद्यालयको वार्षिकोत्सव तथा अभिभावक भव्यरुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष गंगा बहादुर क्षेत्रीले गुणस्तरीय शिक्षा दिने काममा कुनै पनि कसुर बाँकी नराख्न र हरेक शैक्षिक क्रियाकलापमा वडाको साथ सहयोग रहने बताउनुभयो ।

उहाँले महेन्द्र मावि पोखरा २० भलामको चिनारी भएको हुँदा वडाले यसलाई अझै गुणस्तरीय शिक्षा दिने कुरामा सधै लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालय सेवा क्षेत्रभित्रका अभिभावक, विद्यालय संस्थापक, जग्गादाता, पूर्व अध्यक्ष, सल्लाहकार, विद्यालय व्यवस्थापन समिति÷शिक्षक अभिभावक संघ, पूर्व प्रअ, जनप्रतिनिधि, अक्षयकोषदाता, समाजसेवी, पत्रकार, बुद्धिजीवी, पूर्व विद्यार्थी, विद्यालयका शुभचिन्तक तथा विद्यालयका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुको विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो भने विद्यालयको प्रतिवेदन विद्यालयका प्रधानाध्यापक बोधराज पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सहायक प्रअ प्रदीप खत्रीले गर्नुभएको थियो भने संचालन जगत प्रसाद पौडेलले गर्नुभएको थियो ।