रुपन्देही — माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रुपन्देहीको ओम सतियामा भव्य सम्मान गरिएको छ। जमुहानी पोखरा ताल व्यवस्थापन समितिले उनको उमेर बराबर ७१ केजी तौलको माला लगाइदिएको छ।
समितिले प्रचण्डलाई सम्मान गर्दै पोखरा ताल क्षेत्रको विकासमा सरकारको सहयोग आवश्यक रहेको बताएको छ। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री प्रचण्डले उक्त सम्मान स्वीकार गर्दै प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा रुपन्देहीको विकासलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।