Sunday, October 26, 2025

आजको मिति: २०८२ कार्तिक १० ,आईतवार

  • खेलकुद
  • खेलकुद
  Latest
होटल मिस्टेक माउण्टेन अब पोखरामा
Next
Prev

माछापुच्छ्रे –५ रिभान, हुम्दी डाँडा गाउँमा कात्तिक १० गतेदेखी भलिबल प्रतियोगिता हुने

Share on facebook
Share on twitter
Share on linkedin

कास्की , कात्तिक ९ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडा गाउँमा माछापुच्छ्रे गाउँपालिका अन्तर गाउँस्तरीय प्रथम पुरुष भलिबल प्रतियोगिता –२०८२ हुने भएको छ । “मैत्री भाव तथा स्वास्थ्यका लागि खेलकुद ” भन्ने मूल नाराका साथ सिद्धबराह हुम्दी डाँडा गाउँ भलिबल क्लबको आयोजनामा यही कात्तिक १० गते देखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।


माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडागाउँ खेल मैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा माछापुच्छ्रे  गाउँपालिका ९ वटा वडाबाट करिब २५ भन्दा बढी समूहको सहभागिता रहने अनुमान गरिएका खेल संयोजक अमृत लामिछानेले बताए  । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल प्रमाणपत्र हात पार्ने छन् । त्यस्तै, उपविजेता टिमले नगद २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।


प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी वेस्ट स्पाईकर, वेस्ट सर्भर, वेस्ट ब्लकरलाई नगदका साथमा ट्रफि प्रदान गरिने  क्लबका अध्यक्ष युवराज गुरुङले जानकारी दिए ।


खेल संयोजक  लामिछानेका अनुसार  कात्तिक १० गते विहान ठिक १० स् ०० बजे माछापुच्छ्रे  गाउँपालिका अध्यक्ष मिन बहादुर गुरङको प्रमुख अतिथ्यतामा कार्यक्रमको उद्धघाटन हुनेछ । कार्यक्रमका बिच महिला फुटबल साथै रस्साकस्सी लागयता अन्य खेलहरू पनि रहने आयोजकले जनाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय माछापुच्छ्रे« –८, ल्वाङले नगद रु ३० हजार सहयोग गरि प्रथम पुरस्कार प्रायोजनको भूमिकामा रहेको आयोजकले थप उल्लेख गरेको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist