माटो तथा मल परीक्षण प्रयोगशाला गण्डकी प्रदेशले यस क्षेत्रका किसानलाई माटो परीक्षण गर्न आव्हान गरेको छ ।
प्रयोगशालले एक सूचना जारी गर्दै, व्यवसायिक लाभका लागि माटो परीक्षण गरी खेती गर्नु उपयुक्त भएको जनाएको छ ।पोखरा महानगरपालिकमा १७ मा रहेको माटो तथा मल परीक्षण प्रयोगशालामा माटो जाँच हुने सूचनामा उल्लेख छ ।
‘माटो व्यवस्थापनको लागि माटो नमूना संकलन, माटो जाँच माटोमा मलखाद र कृषि चुनको उचित ढंगबाट सिफारिस गरिनुपर्दछ ।’ सूचनामा भनिएको छ।
‘यि मध्ये कुनै एक नभएमा माटो व्यवस्थापन पुर्ण हुन सक्दैन, सबै कुरा उचित ढंगले व्यवस्थापन गरे माटो उर्वर भई उत्पादन बृद्धि हुने र किसानले उचित फाईदा लिन सक्छन् ।’