अजय क्षेत्री
मादी गाउँपालिकाले निर्वाचन भएको दुई वर्षपछि प्रवक्ता तोकेको छ । पालिकाको १५ गाउँसभाबाट प्रवक्ता तोकिएको हो । मादी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोजबहादुर गुरुङ्ले नयाँ प्रवक्ताको जिम्मेवारी पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले जानकारी दिए ।
अबदेखि मादी गाउँपालिकाका गतिबिधिबारे गुरुङ्बाट जानकारी पाईने छ । गुरुङ नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष हुन् ।
गाउँपालिकाबाट पोखरा बसाईं सराईं गरेका स्थानीय बासिन्दाको सहजताको लागि उनले पोखरामा बसेर घुम्ती सेवा पनि सञ्चालन गरिरहेका छन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष देविजङ्ग गुरुङले प्रस्तुत गरेका थिए । साथै आगामि बर्षका लागि ६९ करोड बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले गाउँ सभाको १५ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि ६९ करोड १ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
उपाध्यक्ष गुरुङले पूर्वाधार क्षेत्रको दिगो विकास, पर्यटन प्रबर्धन तथा वातावरण संरक्षण र खोज र अनुसन्धानमा जोडलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताइन् । चालुतर्फ ४१ करोड २ लाख ५५ हजार र पूजीगततर्फ २७ करोड ९९ लाख २ हजार ५ सय रुपैयाँ विनियोजन भएको छ ।