Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

‘मिस पोखरा २०२४’ हुने

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा जेसीसको आयोजना एघारौं संस्करणको सौन्दर्य प्रतियोगिता ‘मिस पोखरा २०२४’ हुने भएको छ । २०१८ पछि रोकिएको मिस पोखरा ६बर्ष पछि पुनः हुन लागेको छ । युवा नारीहरुको अन्तरनिहित क्षमता तथा प्रतिभा पस्फुटन गराउने उद्देश्यका साथ ईभेन्ट फर यू प्रालिको ईभेन्ट म्यानेजेण्टमा सौन्दर्य प्रतियोगिता हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।


असोज १७ गने फाईनल हुने सौन्दर्य प्रतियोगिताको लागी तयारी थालिएको मिस पोखरा २०२४ का संयोजक श्रीकृष्ण सुनारले जानकारी दिए । मंगलबारदेखि नै खुला भएको आवेदन फर्मको अन्तिम मिति असोज २ गतेसम्म रहेको उनले बताए । सो मितिसम्म १२ उत्र्तीण गरेको र १७ देखी २५ बर्ष सम्मका अविवाहित नारीहरु प्रतियोगितामा सहभागी हुन पाउने कार्यक्रम संयोजक सुनारले बताए ।


उनका अनुसार ३ गते प्रतियोगिताका अडिसन हुनेछ । प्रतियोगिताको बिजेताले ताज, स्कुटर, ५० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पोखरा जेसिसका अध्यक्ष देवराज शर्माले बताए । साथै मिस पोखरा २०२४ ले मिस नेपालमा सिधै सहभागी हुन पाउने समेत शर्माले बताए । उनका अनुसार फस्ट रनरअफले ताज, ३० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन ।


त्यस्तै सेकेन्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन । यस्तै वेष्ट पर्शनालिटी, ट्यालेण्ट, स्माइल, हेयर, क्याटवाल्क, ड्रेस, फोटोजेनिक, भ्यूअर च्वाईस, पपुलारिटी र ईन्टेक्ट बिद्यागत रुपमा टाईटल अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शर्माले बताए ।


अडिसनबाट छनौट भएका प्रतिस्पर्धीहरुलाई अभिमुखीकरण र परामर्श, आवश्यक तालिम, फोटो सुट, ट्यालेण्ट सो लगायत गतिविधिमा सामेल गरिने ईभेन्ट फर यूका अध्यक्ष विशाल गुरुङले बताए । यस अघि मिस पोखरा २०१८ को उपाधी सारा बजिमयले जितेकी थिईन ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist