बेनी (म्याग्दी)। सिर्जनशील नवा युथ क्लबको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीस्थित खुलामञ्चमा आगामी आशोज २७ गते, सोमबार “म्याग्दी लाइभ इभेन्ट–फेज II” हुने भएको छ।
कार्यक्रममा नेपाल संगीत क्षेत्रमा चर्चित गायक तथा समूहहरूको प्रस्तुति रहनेछ। यस अवसरमा स्वप्ना सुमन एण्ड द आर्टर्स, चर्चित र्यापर जेम्सी, गायक रवि कार्की, सम्बोज मल्ल, नेशन पुन मगर तथा लोकप्रिय कालरात्रि ब्याण्डले आकर्षक प्रस्तुति दिने भएका छन्।
आयोजक क्लबका अनुसार, कार्यक्रममा संगीतप्रेमी युवादेखि आम दर्शकलाई एउटै मञ्चमा ल्याएर कला, संस्कृति र मनोरञ्जनमार्फत समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्य राखिएको छ।
“म्याग्दीको सांगीतिक वातावरणलाई अझ सशक्त बनाउन र नयाँ पुस्तालाई कला–संस्कृतितर्फ प्रेरित गर्न यो इभेन्ट आयोजना गरिएको हो,”।
आयोजक सिर्जनशील नवा युथ क्लबले
यसअघि पनि पहिलो चरणमा सम्पन्न इभेन्टले व्यापक सफलता पाएको स्मरण गर्दै आयोजकले दोस्रो चरणलाई अझै व्यवस्थित र रोचक बनाउन तयारी तीव्र पारेको जनाएको छ।