Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

“म बोल्छु” सिजन २ को वक्तृत्वकलाको आबेदन खुला

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरामा आयोजना हुने म “म बोल्छु”सिजन २ को गण्डकी प्रदेश स्तरीय वक्तृत्वकलाको आबेदन खुला भएको छ ।



फ्रिडम ट्रेनिङ सेन्टर सृजनाचोकको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेश भएका विध्यार्थीहरुले सहभागिता जनाउन सक्ने फ्रिडम ट्रेनिङ सेन्टरका सञ्चालन एब्म प्रबन्धक निर्देशक बिनोद पाहारीले जानकारी दिनुभयो ।



प्रतियोगितामा सहभागिताको लागि विद्यार्थीको उमेर १३ वर्ष देखि १८ वर्ष सम्मको हुनुपर्नेछ । बिद्यार्थी कक्षा ८देखि १२ सम्म अध्यनरत् हुनुपर्नेछ निर्देशक पहारीले खुलाउनुभयो ।



प्रतियोगितामा विद्यालाबाट वा खुला रूपमा आफै सहभागी हुन पनि सक्नेछन्, विद्यालयको पत्र अनिवार्य छैन तर परिचयपत्र अनिवार्य छ ।त्यस्तै फोनबाट पनि दर्ता गर्न सकिने र फाराम भरेर प्रवेशपत्र लिन अनिवार्य रहेको छ ।



प्रतियोगितामा २ चरणहरु हुनेछन् जसअन्तरर्ग पहिलो अडिसन चरण जसमा विद्यार्थीले जुनसुकै विषयवस्तुमा बोल्न पाउनेछन् । यसको समय ३ मिनेट सम्मको रहनेछ । यस चरणमा छनोट भएका विद्यार्थी फाइनल चरणमा प्रवेश गर्नेछन् ।



दोस्रो फाइनल चरण यस चरणमा निर्णायकले दिएको विषयवस्तुमा विद्यार्थीले प्रस्तुति दिनुपर्नेछ । समय ५ मिनट (शीर्षक नाम दर्ता पछि उपलब्ध गराइनेछ ।) प्रतियोगितामा सहभागिताको लागि प्रति विद्यार्थी रु. १००० दर्ता शुल्क तोकिएको छ । प्रतियोगितामा कुनै विवाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले जनाएको छ ।



दर्ताको लागि आगामी असोज ५ गते शनिबार,बेलुका ५ बजेसम्म रहेको छ भने प्रतिस्पर्धीहरुलाई प्रतियोगिता अगाडी विशेष प्रशीक्षण पनि प्रदान गरिनेछ सस्थाले जनाएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist