✍️ सागर गिरी
पोखरा — गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबरेटोरी (युआरएल)ले आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। यूआरएल फाउण्डेसन नेपालको आयोजनामा आयोजित यस कार्यक्रममा स्वास्थ्य र पत्रकारितामा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने भएको छ।
कार्यक्रमका क्रममा लाइफटाइम अचिभमेन्ट अवार्डबाट डा. खगेन्द्र बहादुर श्रेष्ठलाई सम्मान गरिएको छ भने राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार तथा सञ्चारकर्मी जमुना वर्षालाई प्रदान गरिने भएको छ।
युआरएलको योगदान
युआरएलले हालसम्म गण्डकी प्रदेशभर ६ लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गरिसकेको छ। यस संस्थाले बागलुङ, नवलपुरको कावासोती, तनहुँको दमौली, लमजुङ, स्याङ्जा, र पोखराका विभिन्न स्थानहरूमा गरी १२ वटा शाखाहरू सञ्चालनमा ल्याएको छ।
सामाजिक उत्तरदायित्व र विशेष कार्यक्रम
स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको युआरएलले विभिन्न समाजमा निःशुल्क स्वास्थ्य शिविर, जागरुकता कार्यक्रम, तालिम, गोष्ठी, तथा सेमिनारहरू आयोजना गर्दै आइरहेको छ। हालसम्म १८४ वटा स्वास्थ्य शिविरहरू सफलतापूर्वक सम्पन्न गरिसकेको संस्थाले वार्षिकोत्सवको अवसरमा पनि आगामी स्वास्थ्य अभियानहरूबारे जानकारी दिएको छ।
स्वास्थ्य र पत्रकारिताको कदर
स्वास्थ्य सम्बन्धी खोजमूलक कार्य र जनतालाई स्वास्थ्य सचेतना दिने पत्रकारिताको महत्वलाई कदर गर्दै युआरएलले वार्षिकोत्सवका अवसरमा पत्रकारहरूलाई सम्मानित गर्दै आएको छ। यसले समाजमा स्वास्थ्य र सञ्चारको महत्त्वपूर्ण भूमिकालाई अझै सबलीकरण गरेको छ।
११औँ वार्षिकोत्सव कार्यक्रम मंसिर २३ गते आइतबार युआरएलको मुख्य कार्यालय पोखरामा सम्पन्न हुने जानकारी गराइएको छ।