✍️ अजय क्षेत्री
कास्की, २०८१ कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। लामिछानेमाथि ठगी मुद्दामा चलिरहेको अनुसन्धानलाई थप अघि बढाउन अदालतले यो आदेश दिएको हो।
अदालतले हिरासतको दिन गन्ती कार्तिक १५ देखि सुरु हुने गरी अनुमति दिएको छ, किनकि बिदाका कारण हिरासत अवधि गणना स्थगित गरिएको थियो। यसैअनुसार, अब लामिछानेलाई कार्तिक १५ देखि नै गन्ती हुने गरी १० दिन हिरासतमा राखी अनुसन्धान गरिने छ।
रवि लामिछानेमाथि ठगीसम्बन्धी गम्भीर आरोप लागेका छन्। उनले भने यी आरोपहरूलाई निराधार भन्दै आफ्नो निर्दोषिता प्रमाणित गर्न तयार रहेको बताएका छन्। रास्वपाका समर्थक र नेताहरूले लामिछानेलाई तत्काल रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।