Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • विजनेस
  • जीवनशैली
  • मनोरन्जन
  • समाचार
  • विजनेस
  • जीवनशैली
  • मनोरन्जन
  Latest
Next
Prev

रात्रीकालीन व्यवसायलाई मर्यादित र सुरक्षित बनाउँदै क्लव सिक्सटिन

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, १ भदौ


पोखराको लेकसाईडमा धेरै खाले रात्री व्यवसायहरु छन् । केही दोहोरी साँझहरु छन् । केही लाईभ म्युजिक गर्ने रेष्टुरेण्टहरु छन् भने केही डिस्कोथेकहरु छन् । धेरै रात्रीकालिन व्यवसाय बीच छुट्टै पहिचान बनाएको व्यवसायिक सँस्था हो क्लव सिक्सटिन । लेकसाईडको १६ नम्बर गल्लीमा रहको हुनाले यसको नाम नै क्लव सिक्सटिन राखिएको क्लवका अधिकारीहरु बताउँछन् ।


क्लव सिक्सटिनले पोखराको रात्रीकालीन व्यवसायमा अलग पहिचना बनाएको यसकी म्यानेजर तेन्जिङ छोतेन बताउँछिन् । त्यसो त क्लवले छिमेकीको रात्री जीवनलाई दख्खल पुर्याएको, बाउन्सरहरुले ग्राहकलाई दुव्र्यवहार गरेको, यौन व्यवसायलाई वढावा दिएको जस्ता आरोपहरु पनि आउने गरेका छन् ।


तर म्यानेजर छोतेन ग्राहकहरुको सुरक्षालाई मध्यनजर गर्ने क्रममा केही प्रयासहरु हुने गरेको बताउँछिन् । ‘नाईटलाईफ विजनेस हो, सानातिना मनमुटावहरु त भईहाल्छन् नै, तर पनि हामी हाम्रा ग्राहक र छिमेकीलाई अहित हुने क्रियाकलाप हुन नदिन उच्च प्रयास गरिरहेका हुन्छौं ।’ छोतेनको भनाई थियो ।


उनले सुरक्षाका लागि क्लवमा ३२ जना बाउन्सहरु राखिएको दावी गरिन् । सुर्यचक्र सेक्युरिटिज मार्फत ती बाउन्सहरु क्लवमा राखिएको उनको भनाई छ । क्लवमा आउने ग्राहकरु सबै जना एकनासको नहुने हुनाले केही विवादहरु उत्पन्न भएपनि बजारमा हल्ला भएजस्तो नभएको उनको जिकीर छ ।


क्लवका संचालक रमेश कार्की हुन् । उनको व्यवसाय पोर्चुगलमा पनि छ । व्यवसाय सञ्चालनको क्रममा उनी पोर्चुगल र नेपाल आउजाउ गरिरहन्छन् । आन्तरिक तथा वाह्य युवा पर्यटकलाई लक्षित गरी यो क्लव सञ्चालनमा ल्याईएको हो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist