✍️ अजय क्षेत्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।
बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ । पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही गर्ने वा निलम्बन हटाउने भन्नेबारे पनि छलफल हुने बताइएको छ ।
बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि महामन्त्री र पार्टी प्रवक्ता पदबाट निलम्बन गरेको थियो ।