Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

रिलायबल नेपाल लाइफद्वारा बृहत बीमा जागरण कार्यक्रम सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️ सुवास सापकोटा
पोखरा , रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. गण्डकी प्रदेशको आयोजनामा बृहत बीमा जागरण गण्डकी – धौलागिरी मनोज गजुरेलको साथमा एक भव्य कार्यक्रम पोखराको न्यूरोड स्थित सिटी स्क्वाएरको सभा हलमा समापन भएको छ। कार्यक्रमको प्रमुख अतिथि रहनु भएका रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. का मुख्य प्रबन्धक श्री शैलेन्द्र श्रेष्ठले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्द्घाटन गर्नु भएको थियोे ।


औपचारिक रुपमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.गण्डकी प्रदेश प्रमुख श्री सरोज अधिकरी ज्यूले गर्नुभएको थियो।साथै उहाँले सम्पूर्ण सहभागिहरुलाई स्वागत गर्दै यस्ता कार्यक्रमहरुले ब्यवसाय प्रबर्द्धनमा उल्लेख्य उत्प्रेरणा जगाउने कुरामा दुइमत नरहेको पनि बताउनु भयो।सोही क्रममा मुख्य प्रबन्धक श्री शैलेन्द्र श्रेष्ठले रिलायबल नेपाल लाइफले हासिल गरेका उपलब्धी तथा विभिन्न गतिबिधिहरुका बारेमा प्रष्ट्याउनु भएको थियो।


कार्यक्रमका बिशेष अथितिको भुमिका निर्वाह गर्नु भएका बरिष्ठ हास्यकलाकार श्री मनोज गजुरेल ज्यूले बहु -प्रतिभाद्वारा सहभागीहरुलाई भरपुर मनोरञ्जन दिनुका साथै रिलायबल जीवन बीमा सम्बन्धि जानकारी दिदा कार्यक्रम हल तालीले गुन्जयमान भएको थियो। करिब ३५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा रिलायबलका ट्रीपल एम डी आर टि श्री मीन बहादुर गुरुङ ज्यू तथा सिनिएर एजेन्सी मेनेजर श्री एसिएन रोका मगरले आ-आफ्नो ब्यवसाय सफलताका अनुभवहरु प्रस्तुत गर्नु भएको थियो।


विविध प्रतिभा प्रस्फुटन गर्ने क्रममा अभिकर्ता ध्रुब बिपस्वीले पनि आफ्नो गजलद्वारा सहभागीहरुलाई थप मनोरञ्जन दिनुभएको थियो। स्मरण रहोस रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.नेपालकै प्रख्यात जीवन बीमा कम्पनीको रुपमा पहिचान बनाउन सफल कम्पनी हो।करीब ३ घण्टा सम्म निरन्तर चलेको थियो।
कार्यक्रमको संचालन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.पोखरा शाखा प्रमुख श्री सूर्य सुमन थापाले गर्नुभएको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist