Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

रेडियो हेमजा एघारौं वर्षमा प्रबेश

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा,हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रबेश गरेको छ । रेडियोले १० बर्ष अगी आजकै दिनदेखि आफ्नो प्रशारण सेवा शुरु गरेको थियो ।


बि.स २०६९ असार १७ गते सुचना तथा सञ्चार मन्त्रालयबाट १ सय वाट प्रशारण क्षमताको इजाजत पत्र प्राप्त गरि बि.स २०७० जेठ ११ गते शनिवार बिहान ८ बजे रेडियोले औपचारिक प्रशारण सुरु गरेको थियो । ग्रामिण भेगका आम नागरिक समक्ष संचारको माध्यमबाट सुसुचित गराउने उद्देश्यका साथ स्थापित रेडियोले कास्कीका पोखरा महानगरपालिका, माछापुच्छ्रे, रुपा, अन्नपूर्ण तथा मादी गाउँपालिका लगायत गण्डकी प्रदेशका अन्य विभिन्न जिल्लाका नागरिक समक्ष संचारको पहुँच पु¥याएको छ ।


साथै, रेडियोले महिला, दलित, बालबालिका तथा पिछडिएका वर्गलाई कार्यक्रममा समेट्ने गरेको छ भने कृषि, पर्यटन, वातावरण लगायतका विषयलाई प्राथमिकता दिदै आफ्ना कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ ।


रेडियो प्रशारण कालदेखि अहिलेसम्म सामुदायिक रेडियो प्रशारक संघ(सिआईएन) मा आवद्ध रही रेडियोले सिआईएनका समाचार तथा कार्यक्रमहरु पनि प्रशारण गर्दै आईरहेको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist