Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

रेन्टरटेनमेन्ट : संगीत, फेशन सो र झरीको फ्युजन

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरामा सांगीतिक कार्यक्रम तथा डान्स पार्टी ‘रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैटौं संस्करण आउँदो शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित दि बिच बारमा हुने कुरा आयोजकले बताए ।  


कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महशुस गर्न पाउने व्यञ्जनका व्यवस्थापक तथा कार्यक्रम संयोजक मनोज भट्टले बताए । ‘ग्राहकहरुको लागि मनोरञ्जनको प्याकेज हुने नै भयो, सँगै यस इभेन्टले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत पोखरातिर आकर्षित गर्ने विश्वास लिएको छु ।’ उनले भने ।


आयोजक एवम् व्यञ्जन रेस्टुरेन्टका सञ्चालक वैभव पौडेलले पोखरा क्षेत्र नेपालको सबै भन्दा पानी पर्ने ठाउँ भएकोले पानीसँग पोखरा र पर्यटनलाई जोडेर यस्तो कार्यक्रम गर्न लागेको कुरा सुनाए । ‘जुन, जुलाई निकै पानी पर्ने समय हो। यति नै बेला यहाँको पर्यटन निकै सुस्त हुन्छ। यही कुरालाई मध्यनजर गरेर पर्यटन प्रवर्द्धन होस् भनेर कार्यक्रम गर्न लागेका हौँ ‘ उनले भने, ‘ त्यो दिनमा आकाशबाट पानी नपरेपनि कृत्रिम बर्षा गराएर कार्यक्रम गर्नेछौं।  


रेन्टरटेनमेन्ट आफैँमा एउटा ब्रान्डको रूपमा स्थापित भइसकेको कुरा बाराही ग्रुपका कर्पोरेट म्यानेजर राज कुमार केसीले सुनाए । उनले झरीमा मोडलहरुलाई ¥याम्पमा उतारिने पनि बताए । ‘समर थिममा हामीले मोडलहरुलाई ¥याम्पमा उतार्ने तयारी गरेका छौैँ ।  यसले अझै कार्यक्रमको ग्ल्यामर बढाउने हामीले ठानेका छौँ ।’ उनले भने ।


कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारको प्रस्तुति रहनेछ । झरीमा रुझ्दै नाचगान अनि खानपिन गर्ने थिमको यो कार्यक्रमलाई यसअगाडि निकै रुचाईएको थियो । यो कार्यक्रमकै लागि पोखरासँगै काठमाण्डौ, चितवन, बुटवल, धरान, दमौली, भारत, थाइल्याण्ड लगाएतका देशबाट समेत  ‘पार्टी लभर’हरु पोखरा आउने गरेका छन् ।


व्यञ्जन र दि बिच बारको संयुक्त आयोजना रहेको यस कार्यक्रममा इभेन्ट म्यानेजमेन्टको जिम्मा जक्सन डट कमले लिएको छ l


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist