Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
Next
Prev

रेल विभागले रेल मार्गबारे स्थलगत अध्ययन गर्ने

Share on facebook
Share on twitter
Share on linkedin

चितवन, माघ १० । स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने भएको छ । अध्ययनका लागि रेल विभागको महानिर्देशक रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको प्राविधि टोली बुधबार भरतपुर आइपुगेको छ ।



पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र १६ बाट  जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने निष्कर्ष निकालेको थियो ।



विकल्पमा प्रस्तुत गरिएको २ रुट टिकौली हुँदै आँपटारी र राप्ती तटिय क्षेत्र हुँदै गोलाघाट जोड्ने भनिएको रुटको टोलीले स्थलगत अध्ययन गर्ने जनाएको छ ।



अध्ययन पूर्व भरतपुर महानगरपालिका सभाहलमा सरोकारवालासँग भएको छलफलले अबको नयाँ रुट निर्माण गर्दा भरतपुर महानगरपालिकाका प्राविधिसहित कम वस्ती भएको स्थान र  कम क्षति हुने गरी पूर्व पश्चिम रेल मार्गको रुट भरतपुरमा निर्माण गर्न सुझाव दिएका छन् ।



अध्ययन गर्ने टोलीले भरतपुरका राजनैतिक दल, विज्ञ, स्थानीय सरोकारवालासँगको समवन्यमा रुटको कार्यलाई अगाडि बढाउने छ ।
छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुराना अल्टरनेटिभ ५ वटा रुटमा रेल मार्ग निर्माण गर्न नसकिने उल्लेख गर्नुभयो ।



भरतपुर महानगरपालिकाको सहरी सौन्र्यकरणलाई बिगार्ने गरी रेल मार्ग निर्माण गर्दा अहिले भइरहेको विकास आयोजनामा ठुलो क्षति पुग्ने बताउनुभयो ।



१४ वर्षअघि तयार पारिएको योजना प्रतिवेदन भरतपुरमा अहिले कत्ति पनि मेल नखाने भएकाले खाली र जनतालाई क्षति नपुग्ने गरी काम अगाडि बढाउन रेल विभागका कर्मचारीलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा उपस्थिति अधिकांश सरोकारवालाले प्रमुख दाहालको भनाईलाई सर्मथन गर्दै नयाँ रुट भरतपुरको लागि अभिसाप होईन बरदान हुने गरी निर्माण गर्नुपर्ने धारणा राखेका थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist