✍️ अजय क्षेत्री
पोखरा, २९ असोज । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दुर्गा भवानीको फोटोमा पुजा गरी कार्यक्रम उदघाटन गरिएको थियो ।
कार्यक्रममा गण्डकी क्षेत्रमा रहेका डिष्ट्रिक्टको क्याबिनेटमा रहेका सिनियर लायन लिडरहरु र क्लबका पदाधिकारीहरु सहित करिव १५० जनाको उपस्तिथि रहेको थियो । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजित तिज फेलोशिप कार्यक्रमबाट संकलन भइ बचत हुन आएको रकम क्यान्सर पिडित बालिका स्मारिका थापालाई प्रदान गरिएको थियो ।

तिज फेलोशिप कार्यक्रम संयोजक रिजन चियर पर्सन रितु पौडेलको संयोजनमा संकलित भई बचत हुन आएको रकम ७४ हजार ४ सय रुपैया स्मारिकाका हजुरबुबा कमल थापालाई डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाले प्रदान गरेकी थिईन् ।
गभर्नर थापाले हाल स्वस्थ लाभ गरिरहेकी क्यान्सर पिडित बालिकालाई थप उपचारका लागि सहयोग पुगोस् भन्ने हेतुले हस्तान्तरण गरेको बताउनुभएको छ ।

शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन दिपक श्रेष्ठ, निवर्तमान डिष्ट्रिक्ट गभर्नर राजेन्द्र कुमार बाटाजु , पूर्व गभर्नर बिशेश्वर आचार्य लगायत डिष्ट्रिक्टका सिनियर लिडरहरूले शुभकामना मन्तव्य राखेका थिए ।
डिष्ट्रिक्टका टुरिजम प्रोफेस्नल चिफ चेतन कार्कीको संचालनमा रहेको कार्यक्रमको संयोजन डिष्ट्रिक्ट एओजी बसन्त गिरीले गरेका थिए