Friday, October 24, 2025

आजको मिति: २०८२ कार्तिक ८ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
होटल मिस्टेक माउण्टेन अब पोखरामा
जैमिनि–६ मा नेपाल तरुण दलको नयाँ कार्यसमिति गठन
Next
Prev

लिटिल मिस मन्टेसरी एण्ड प्रि–स्कूल सिजन २ को दर्ता खुला, मात्र २० सिट उपलब्ध

Share on facebook
Share on twitter
Share on linkedin

५ देखि १२ वर्ष उमेर समूहका बालिकामात्रका लागि आयोजना हुने लिटिल मिस मोन्टेसरी एण्ड प्रि–स्कूल सिजन २ का लागि दर्ता खुला गरिएको छ। यो विशेष प्रतिभा प्रतियोगिता हेभनली ईभेन्ट म्यानेजमेन्ट द्वारा आयोजना हुन लागेको हो।


कार्यक्रमका आयोजक तथा संस्थापक सफल सुवेदीका अनुसार, प्रतियोगिता बालिकाहरूको आत्मविश्वास, नेतृत्व क्षमता र वक्तृत्वकला विकास गर्नका लागि आयोजना गरिएको हो। उनले भने, “यस प्रतिस्पर्धा बालिकाहरूको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ र उनीहरूको प्रतिभा उजागर गर्ने अवसर हुनेछ।”


प्रतियोगितामा सहभागी हुने बालिकालाई ३० दिने विशेष तालिम प्रदान गरिनेछ। यस प्रशिक्षणमा confidence level development (आत्मविश्वास अभिवृद्धि), leadership (नेतृत्व क्षमता), art of speaking (वक्तृत्वकला) तथा ramp walk जस्ता सीप सिकाइनेछ।


यस वर्षको कार्यक्रमलाई दशैं र तिहारको विदालाई सदुपयोग गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा सहभागी हुने बालिकाले नृत्य, गायन, वक्तृत्वकला, अभिनय लगायत विभिन्न विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन्।


प्रतियोगितामा केवल २० सिट मात्र उपलब्ध भएकाले इच्छुक अभिभावकलाई सकेसम्म चाँडो छोरीहरूलाई दर्ता गराउन आयोजकले आग्रह गरेका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

होटल मिस्टेक माउण्टेन अब पोखरामा

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist