Monday, March 30, 2026

आजको मिति: २०८२ चैत्र १६ ,सोमबार

  • समाचार
  • समाचार
  Latest
लिटिल स्टेप माविले विकासको नयाँ अध्याय सुरु
पोखरामा फेवा नव बर्ष महोत्सवको तयारी
घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट
Next
Prev

लिटिल स्टेप माविले विकासको नयाँ अध्याय सुरु

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा । पोखराको सिमलचौरमा रहेको लिटिल स्टेप माध्यमिक विद्यालयले विकासको नयाँ अध्याय सुरु गरेको छ । २०३९ सालदेखि शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको यस विद्यालयमा अन्तर्राष्ट्रिय अनुभव र आधुनिक सोच बोकेको नयाँ व्यवस्थापन टोली भित्रिएको हो ।


नयाँ टोलीमा शिक्षाविद् पदम बास्तोकोटी, गण्डकी विश्वविद्यालयका संस्थापक रजिस्ट्रार डा कैलाश तिमिल्सिना , राजनीतिशास्त्र तथा भूगोलशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका, विज्ञान संकायबाट बीएस्सी उत्तीर्ण तथा विभिन्न अभियानमा अनुभव हासिल गरेका प्राविधिक व्यक्तित्व मिलन पौडेल ,विदेशमा अध्ययन गरेर फर्किएका युवा शिक्षा व्यवसायीहरू सामेल छन् ।


लामो समयदेखि विद्यालयको नेतृत्व सम्हालेका संस्थापक अध्यक्ष शेर बहादुर गुरुङ र प्रिन्सिपल पम्फा गुरुङले नयाँ टोलीलाई जिम्मेवारी सुम्पिएका हुन् ।जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गर्दै संस्थापक अध्यक्ष गुरुङ र प्रिन्सिपल गुरुङले भने, ‘विद्यालयलाई नयाँ उचाइमा पुर्‍याउने उत्साही टोली आएकोमा हामीलाई गर्व छ, आगामी दिनमा पनि हाम्रो मार्गनिर्देशन रहिरहनेछ ।’ अब पुरानो व्यवस्थापन टोली एडभाइजरको भूमिकामा रहने बताइएको छ ।


उनीहरूको अनुभव र संस्थागत स्मृतिले नयाँ टोलीलाई मार्गदर्शन गर्ने विश्वास लिइएको छ नयाँ व्यवस्थापनले शिक्षण पद्धतिमा आमूल परिवर्तनको योजना अघि सारेको छ । विद्यालयले अबको शिक्षालाई ‘परीक्षा केन्द्रित’ भन्दा पनि ‘जीवन केन्द्रित’ बनाउने लक्ष्य राखेको छ । ‘लर्न बाई डुइङ’ र ‘स्किल बेस्ड लर्निङ’ जस्ता अवधारणालाई प्राथमिकता दिँदै कम्प्युटरमा आधारित शिक्षण, डिजिटल कक्षा, इन्टरप्रेन्योरसिप र खेलकुदलाई पाठ्यक्रमसँग एकीकृत गरिने तयारी भइरहेको छ ।


यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप, नेतृत्व क्षमता र आत्मनिर्भरता विकासतर्फ उन्मुख गराउने लक्ष्य राखेको छ ।पोखराका उत्कृष्ट इन्फ्रास्ट्रक्चर भएका विद्यालयमध्येको एक मानिने लिटिल स्टेपले हालसम्म १०० भन्दा बढी डाक्टर, इन्जिनियर, आइटी अफिसर तथा राजनीतिज्ञ उत्पादन गरिसकेको छ । फराकिला कक्षाकोठा, आधुनिक प्रयोगशाला, व्यवस्थित पुस्तकालय र खेलमैदान रहेको यस विद्यालयले चार दशकभन्दा लामो इतिहासमा हजारौँ अनुशासित र जिम्मेवार नागरिक तयार पारेको छ ।


इतिहासको मजबुत आधार, अनुभवी मार्गदर्शन र आधुनिक दृष्टिकोणको संयोजनले लिटिल स्टेपले शिक्षा क्षेत्रमा नवप्रवर्तन र उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास पोखरेली समाजले गरेको छ । विद्यालय प्रशासनका अनुसार विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन नयाँ टोलीले विशेष योजनाका साथ काम गर्नेछ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist