✍️ विवेक न्याैपाने
काठमाडौं – लोकप्रिय गायिका रचना रिमाल महोत्सवमा सहभागी हुँदै स्टलहरूमा गएर कपडा किनमेल गरिरहेको देखिइन्। साना व्यवसायलाई सहयोग गर्ने उद्देश्यका साथ उनले सबैलाई यस्ता महोत्सवका स्टलहरूमा गएर स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन दिन आग्रह गरिन्।
रिमालले भनिन्, “महोत्सवमा हामी संगीतको माहोलमा रमाउँछौं, तर त्यहाँका स्टल र व्यापारिक गतिविधि पनि महोत्सवको मुख्य पक्ष हो। हाम्रो प्राप्त पारिश्रमिकमा पनि स्टलहरूको भाडा मिसिएको हुन्छ, त्यसैले म आफूले आवश्यक सामान त्यहिँ गएर किनेर ल्याएँ, जुन सस्तो र राम्रो पनि पाइयो।”
गायिका रिमालको यस पहलले साना व्यवसायलाई समर्थन गर्ने र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने सन्देश दिएको छ। महोत्सवमा आउने सबैलाई पनि उनले यस्ता स्टलमा किनमेल गरेर साना व्यवसायको पक्षमा उभिन आग्रह गरेकी छिन्।
स्थानीय व्यवसायलाई सघाऔं र अर्थतन्त्रको आधारलाई मजबुत बनाऔं ।