Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

लोकप्रिय दोहोरी गायिका अस्मिता डल्लाकोटीकाे विवाह

Share on facebook
Share on twitter
Share on linkedin

चर्चित दोहोरी गायिका अस्मिता डल्लाकोटी आज विवाह बन्धनमा बाधिएकी छिन् । ‘मिल्छ भने विहेमा आइदिनु, जबरजस्ति दुई गाँस भोज खाइदिनु’, ‘मन परेको फुल खसेको तिम्लाई मैले नपाउनु रैछ र यति धेरै माया बसेको’ रियालिटी शो दोहोरी च्याम्पियनमा गाएको यो टुक्काबाट चर्चा कमाएकी गायिका अस्मिता डल्लाकोटी आज विवाह वन्धनमा बाँधिएकी छन् ।


उनले माया गरेकै पुरुषलाई जीवनसाथीका रुपमा पाएकी छन् । अस्मिताले सात वर्षदेखिका प्रेमी दोहोरी गायक शक्तिकुमार गोदारसँग लगनगाँठो कसेकी हुन् । अस्मिताकै घरमा आज उनीहरुको धुमधामले विहे भइरहेको छ । विवाहमा लोकदोहोरी क्षेत्रका थुप्रै कलाकारहरु उपस्थित छन् ।


अस्मिता र गोदार चितवनको एउटा दोहोरी साँझमा सँगै काम गर्थे । त्यहीँबाट उनीहरुबीच प्रेम अंकुराएको थियो । अस्मिता एकाएक लाइभ दोहोरीमा हिट भएपछि काठमाडौंमै बसेर आफूलाई अगाडि बढाइन् । दोहोरी च्याम्पियनबाट हिट भएपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । उनी अहिले मेला महोत्सवमा सर्वाधिक खोजिने दोहोरी गायिकामा पर्छिन् ।


गोदार भने अहिले पनि चितवनकै दोहारी साँझमा काम गरिरहेका छन् । उनी फोकस नेपाल नामको युट्यूव च्यानल पनि चलाउँछन् । उनले विगतमा भाग्य न्यौपानेसँग केही समय सहकार्य गरेका थिए । अस्मिता र गोदारले चाँडै पञ्चेवाजा नामक गीत ल्याउने तयारी गरेका छन् । अस्मिता धादिङकी र गोदार तनहुँका हुन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist