Sunday, April 13, 2025

आजको मिति: २०८१ चैत्र ३० ,आईतवार

  • समाचार
  • समाचार
  Latest
पोखरामा नयाँ वर्ष संगीतसँगै
पोखरामा प्रथम एलिट भलिबल कप सुरु
२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा
Next
Prev

वन डढेलो रोकथामका लागि डिभिजन वन कार्यालय गोरखाको अनुरोध: सचेत बनौं, वन जोगाऔं

Share on facebook
Share on twitter
Share on linkedin

गोरखा – डिभिजन वन कार्यालय, गोरखाले हालै सुख्खा यामको सुरुवातसँगै वन क्षेत्रमा डढेलोको जोखिम बढेको भन्दै वन डढेलो रोकथामका लागि सचेत रहन सबैमा अनुरोध गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै डढेलो नियन्त्रण तथा न्यूनीकरणका लागि निम्न उपायहरू तत्काल अपनाउन स्थानीयवासी, सामुदायिक वन उपभोक्ता समूह, पर्यटक तथा सम्बन्धित सरोकारवालालाई आग्रह गरेको छ।


सूचनामा भनिएको छ, “वन क्षेत्रभित्र र वरपरका सडक तथा गोरेटो बाटोको दायाँ–वायाँ रहेका सुकेका घाँसपात तथा काठदाउराहरूलाई पूर्व तयारीस्वरूप हटाइनुपर्छ।” साथै, रूख कटान तथा मुछानबाट निस्किएका अवशेषहरू पनि वन क्षेत्रमै फाल्न नहुने र तीलाई व्यवस्थित रूपमा हटाउनुपर्ने उल्लेख गरिएको छ।


वन डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण गर्नुपर्ने र निर्माणपछि त्यसलाई नियमित रूपमा सफा राख्नुपर्ने कार्यालयको भनाइ छ। यस्तै, वनभित्रका वनभोज स्थल तथा क्याम्पिङ साइटहरू वरपर सफा राख्नु, वृक्षारोपण गरिएका क्षेत्रमा गोडमेल गर्नु र वन संरक्षणसँग सम्बन्धित उपयुक्त क्रियाकलापहरू निरन्तर सञ्चालन गर्नु आवश्यक छ।


यसबाहेक, विद्यालय तथा कलेजमा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम र विद्यार्थी शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा पनि कार्यालयले जोड दिएको छ।


डिभिजन वन कार्यालय गोरखाले स्थानीय समुदाय, विद्यार्थी, शिक्षक, सञ्चारकर्मी, संघसंस्था र पर्यटकहरूलाई समेत वन डढेलोको जोखिम र त्यसको न्यूनीकरणमा सक्रिय भई सहभागी हुन आह्वान गरेको छ।


“सजग बनौं, सचेत रहौं — वन जोगाऔं, जीवन जोगाऔं।”


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

पोखरामा नयाँ वर्ष संगीतसँगै

पोखरामा प्रथम एलिट भलिबल कप सुरु

२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist