✍️ अजय क्षेत्री
स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–३ छापामा रहेको श्री सनराइज युथ क्लबले छैटौं वार्षिक उत्सवको अवसरमा साबिक वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम कात्तिक ८ गते उद्घाटन गरिने र कात्तिक १३ गते समापन हुने क्लबका अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिएका छन्।
पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलिले ३०,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुनेले २०,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सेमिफाइनलसम्म पुग्ने टोलीले ७,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै पुरुष तर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सटर, ब्लकर र सर्भरले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। पुरुष भलिबलमा दर्ता शुल्क ३,००० रहेको जानकारी गराइएको छ।
महिला भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले १२,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले ७,००० नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ उत्कृष्ट खेलाडी र स्पाइकरले पनि ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्। महिलातर्फ दर्ता शुल्क १,५०० रहेको जानकारी कार्यक्रम संयोजक सुमन गुरुङले दिएका छन्।
कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनेछन्। क्लबका सदस्य प्रतिक्षा गुरुङले सामाजिक, सांस्कृतिक, कला र खेलकुद क्षेत्रमा क्लबको निरन्तर सक्रियता रहेको बताइन्।