Friday, October 18, 2024

आजको मिति: २०८१ कार्तिक २ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
पोखराको ऐतिहासिक महेन्द्रपूल
Next
Prev

व्यापार मेलाअन्तर्गत पोखरामा देशकै ठूलो अटो मेला

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा, २४ पुस । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको दावी छ,‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवद्र्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रीत रहन्छ ।’
पोखराको नयाँबजारमा मंसिर २१ गतेदेखि जारी र ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’मा जाने हो भने, उनले भनेको कुरा पत्याउन कर लाग्छ । उनले भनेजस्तै मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरु हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीहरुले गाडी र मोटरसाइकल अनि स्कुटरहरुको प्रदर्शन गरिरहेका छन् । र, अहिलेको मेलामा प्रदर्शनमा राखिएका अधिकांश सवारी साधनहरु विद्युतीय (इभी) रहेका छन् ।
राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत अटो मेलाको चाँजोपाँजो पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियसन (वाडा) ले मिलाएको हो । वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार पोखरामा भएको अटो प्रदर्शन काठमाडौंपछिको सवैभन्दा बृहत र ठूलो हो ।
‘सवारी साधनको माग काठमाडौंमा बढी छ र त्यहाँ हुने अटो सोहरु भव्य हुने गर्छन्,काठमाडौं बाहिर भने पोखरामा आयोजना हुने यो प्रदर्शनी नै सवैभन्दा ठूलो हो । यहाँको मेलामा नयाँ मोडलका गाडी र दुईपाङ्ग्रे सवारी साधनको लन्चिङ पनि हुने गरेको छ ।’
योपटक भने उपभोक्ताको बदलिँदो स्वभावलाई ध्यानमा राख्दै विद्युतीय (इभी)को प्रदर्शनी र प्रवद्र्धन भएको उनले बताए । ‘अहिले नेपालमा बढीमात्रामा विद्युतीय गाडीहरु भित्रिएका छन्, एकसे एक कम्पनीहरुले बजारमा नयाँ–नयाँ योजनासहित गाडीहरु ल्याइरहेका छन्, त्यसको प्रवद्र्धन हुने नै भयो,’उनले भने,‘अर्को कुरा, पेट्रोल र डिजल इञ्जिनका गाडीहरुको नयाँ मोडल अंग्रेजी पात्रोको जनवरीपछि मात्र आउने भएकाले पनि इभीले बढी ठाउँ पायो । प्रदर्शनी र प्रवद्र्धन गर्ने भनेकै नयाँको हो ।’
प्रदर्शनीमा राखिएका विद्युतीय सवारी साधनप्रति सहभागीहरुले चासो राख्ने गरेको र व्यापार पनि राम्रै भएको व्यवसायी प्रदीप पहारीको भनाइ छ । सेग्वे कम्पनीका स्कुटरहरुको आधिकारिक बिक्रेतासमेत रहेका पहारीले आइतबार मेलास्थलबाटै एउटा स्कुटर बिक्री गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको हातबाट ग्राहकलाई स्कुटरको चाबी हस्तान्तरण गरियो । अघिल्लो वर्ष मेलास्थलबाटै ५ वटाभन्दा बढी स्कुटर बिक्री भएको स्मरण गर्दै उनले थपे,‘विद्युतीय सवारीप्रतिको रुची बढ्दो छ तर युवा पलायन हुँदा उपभोक्ता घट्दै गएको अनुभूति चाहिँ भएको छ । ’ मेलामा रहेका अटोका विभिन्न स्टलबाट गाडी र स्कुटरहरुको बुकिङ भइरहनु सन्तोषको विषय भएको उनले सुनाए ।
माग र उपयोग बढ्दो


नेपालमा विद्युतीय गाडीहरुको माग ह्वात्तै बढेर गएको छ । विद्युतीय गाडी ( इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण उपभोक्ताहरुको रुची विद्युतीय सवारी साधनतर्फ मोडिएको हो ।
भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्ष २०८०÷०९१ को असोज मसान्तसम्म २ हजार १३५ वटा विद्युतीय सवारी साधन आयात गरिएको थियो । त्यसयता पनि ठूलो मात्रामा विद्युतीय सवारी साधन आयात भएको अनुमान गरिएको छ ।
मेलामा दीपलक्ष्मी ब्राइट इन्टरनेसनल प्रालिले मोरिस ग्यारेज (एमजी) का गाडीहरु प्रदर्शन र बिक्रीमा राखेको छ । एमजीको जेडएस इभी (डिलक्स), कमेट एमजी फोर अर्थात् सानो गाडी प्रदर्शनमा राखिएको दीपलक्ष्मीकी मेनुका गुरुङले बताइन् । कमेटको मूल्य १७ लाख ९९ हजार र एमजीको जेडएस डिलक्सको मूल्य ५२ लाख ९ढ हजार अनि एमजी फोरको ५८ लाख ९९ हजार रुपैयाँ रहेको उनले जानकारी दिइन् ।


यस्तै विश्वकर्मा अटो मोटर्सले मेलामा नेटा र किङलङ ब्राण्डका इभीहरु प्रदर्शनमा राखेको छ भने टेनिसा मोटर्सले ओरा,प्लग इनले
बीवाइडीका गाडीहरुको प्रवद्र्धन गरिरहेको छ । नेपालमा प्रसिद्ध रहेको तथा मेलाको मुख्य प्रायोजकसमेत रहेको हुण्डाइले पनि इभीलाई प्रवद्र्धन गरिरहेको छ भने थापा मोटर्सले सेरेस ३,बतास ब्रदर्सले महिन्द्रा,चालिसे मोटर्सले सुजुकीका इभी स्कुटर प्रदर्शनमा राखेको छ । मेलामा कुसा क्यू, इसुजुको हाइल्याण्डर, अटोवेज प्रालिको ल्याण्डक्रुजर र कोरलाको पनि प्रवद्र्धन गरिएको छ । सेल्टोस,वारियर,सेग्वेहरुले पनि नयाँ उत्पादनहरुको प्रवर्दन गरिरहेको मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।
इभीको संख्या बढ्दै गएपछि अहिले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । नेपालमा उपलब्ध धेरै जसो कम्पनीले आफ्नो ब्याट्रीहरू ८ देखि १० वर्ष वा एक लाखदेखि १ एक लाख ६० हजार किलोमिटरसम्मको ग्यारेन्टी दिइरहेका छन् । विस्तारै इभीले खर्च कम गराउँछ र सजिलो पनि छ भन्ने मान्यता विकसित हुँदै गइरहेको अटो व्यवसायीहरु बताउँछन् ।
यता, व्यापार मेला अगाडि बढ्दै गर्दा सांस्कृतिक कार्यक्रमका अलावा, स्टलहरुबाट आकर्षक छुटको व्यवस्था पनि थपिँदै गएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist