Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेविसंघ पृथ्वीनारायण क्याम्पस  सभापतिमा वाग्ले
माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

शहरलाई बस्न योग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने :मन्त्री प्रकाशमान सिंह

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको बताउनुभएको छ । मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा मन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा जानका लागि मात्र यो सरकार नबनेको पनि बताउनुभयो ।


‘आशा निराशामा परिणत हुँदै गइरहेको कारणले गर्दा संसदको सबैभन्दा ठुलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन गरेको कुरा तपाईंहरुलार्ई थाहा नै छ । सरकारमा जानका लागि मात्र यो गठबन्धन बनेको होइन,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो,‘संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले यो सरकारको औचित्यका बारेमा धेरै कुरा बताइसक्नुभएको छ । सरकारले केही न केही त गर्नैपर्यो भन्ने यसको राजनीतिक सन्देश हो । ’


त्यस्तै उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयले शहरलाई बस्न योग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताउनुभयो । शहरी विकास मन्त्रालयको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिररहेको उहाँको भनाई थियो । देशैभरका शहरमा रहेको कनेक्टिभिका समस्या,फोहोरमैला व्यवस्थापनका समस्या, खुला जग्गाको अभाव लगायतका विषयमा ध्यान दिने भन्दै उहाँले मन्त्रालयले शहरी विकास र व्यवस्थापनसम्बन्धि नीति आवश्यक्ताअनुसार समयसापेक्ष बनाउने पनि बताउनुभयो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist