✍️ अजय क्षेत्री
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन ।
अध्यक्ष गुरुङले करिव दुई दशक लामो समयपछि शान्ति प्रक्रिया टुंगोमा पुगेसँगै मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन ।
आज प्रतिनिधिसभाबाट विधेयक पारित भएलगत्तै उक्त विधेयकको अध्यक्ष गुरुङले स्वागत गर्दै सम्पूणर् नेपालीहरुको लागि आजको दिनलाई गौरवको पलको रुपमा लिएका छन ।
ढिलै भएपनि शान्ति प्रक्रिया टुंगोमा पुगेसँगै शान्ति नायक स्वर्गीय गरिजा प्रसाद कोइरालाको योगदानको सच्चा सम्मान भएको अध्यक्ष गुरुङ बताएका छन । यो विधेयक पारित भएसँगै अब द्वन्द पीडितका समस्या समाधान हुने विश्वास अध्यक्ष गुरुङले व्यक्त गरेका छन ।