Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा बिहीबार सम्पन्न भएको छ ।


समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले संघले शिक्षा ऐन नल्याउँदा समस्या भएको बताए । उनले संघले शिक्षा ऐन ल्याउनेवित्तिकै गण्डकीले पनि समयानकूल नीति ल्याउने उनको भनाइ थियो । उनले मुलुकमा एसइई तथा प्लस टुको नतिजाले सबैलाई निराश बनाएको उल्लेख गर्दै १२ कक्षा सक्नेवित्तिकै विदेश जाने मोह त्यागेर कसरी स्कुल–कलेज जाऔं–जाऔं बनाउन सकिन्छ भन्नेबारे सोच्नुपर्ने बताए ।


शिक्षा ऐन नबन्दा समस्याः मन्त्री थापा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमलाई प्रभावकारीरुपमा लागु गर्दै उक्त दिन आत्मरक्षा, नैतिक शिक्षक, योग, ध्यान, प्राणायाम लगायत सिप सिकाउने शिक्षामा जोड दिन आग्रह गरे । शिव शक्ति आफ्नो निर्वाचन क्षेत्रभित्रकै कलेज भएको बताउँदै मन्त्री थापाले आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।


क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले २०५२ सालदेखि कलेजमा आबद्ध रहेको स्मरण गर्दै कलेजको सर्वाङ्गीण विकासमा आफूहरु लागिपरेको बताए । उनले कलेजको ऐतिहासिक, शैक्षिक, प्रशासनिक, भौतिक, आर्थिक पक्षबारे जानकारी गराए । उनले विद्युतीय उपकरण कमी भएको, पूर्णकालीन प्राध्यापक अभाव रहेको, आय–व्ययमा विगतदेखि नै असमानता रहेको, विद्यार्थीमा कक्षा छाड्ने प्रवृत्ति चुनौतीको रुपमा रहेको जनाए ।


कलेज संचालक समिति अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले वार्षिक कार्ययोजना प्रस्तुत गरे । विद्यार्थी संख्या थप वृद्धि गर्न विभिन्न थप छात्रवृत्ति कोषको स्थापना गरी छात्रवृत्ति प्रदान गर्ने, पूर्णकालीन प्राध्यापक व्यवस्था, सक्सेसर प्लान लागु गर्ने, पढ्दै कमाउँदै, कमाउँदै पढ्दै जस्ता कार्यक्रम संचालन गर्ने योजना रहेको सुनाए ।


कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, कन्या क्याम्पस संचालक समिति अध्यक्ष शिवलाल मल्ल, पोखरा उद्योग वाणिज्य संघमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल लगायतले बोलेका थिए ।


सो अवसरमा नयाँ ३१ र पुराना १० सिनेटर सदस्यलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । बिएड प्रथम वर्षमा प्रथम श्रेणीसहित उत्तीर्ण दिव्या बानियाँले ओमनाथ पवित्रा स्मृति छात्रवृत्ति प्राप्त गरिन् । यस्तै, विभिन्न नाममा स्थापित अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । पिएचडी हासिल गरेको शिक्षक डा. गणेश शर्मालाई पनि सम्मान गरियो ।


स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीलाई कलेज तथा तेस्रो वर्षका विद्यार्थीले मायाको चिनोसहित बिदाइ गरे । १० वर्षभन्दा बढी सेवा गरेका शिक्षक कर्मचारीलाई मन्त्री थापाले सम्मान गरे । सो अवसरमा क्याम्पसद्वारा प्रकाशित स्मारिकासमेत विमोचन भयो ।


क्याम्पस संचालक समिति अध्यक्ष टुवराज बास्तोलाको अध्यक्षतामा भएको समारोहको संचालन निवर्तमान सहायक क्याम्पस प्रमुख एवं संचालक समिति सदस्य रमेश थापाले गरेका थिए ।


समारोहमा संचालक, सल्लाहकार, पूर्व अध्यक्ष, संचालक समिति सदस्य, संस्थापक शिक्षक, छात्रवृत्ति कोषका संस्थापक, पूर्व प्राचार्य/क्याम्पस प्रमुख, आजीवन सदस्य, सिनेटर, शिक्षक, कर्मचारी र विद्यार्थीको उल्लेख्य उपस्थिति थियो । विद्यार्थीले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।


साविक महाविद्यालयको रुपमा नदीपुरमा स्थापित यो क्याम्पस २०५० भदौ ८ मा स्वीकृत प्राप्त गरेको हो । २०५४ देखि फूलबारी सरेको हो । हाल कलेजमा स्नातक तहमा बिबिएस र बिएडका कक्षा संचालित रहेको सहायक क्याम्पस प्रमुख सूर्यप्रसाद घिमिरेले बताए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist