Sunday, September 8, 2024

आजको मिति: २०८१ भाद्र २३ ,आईतवार

  • समाचार
  • समाचार
  Latest
“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”
एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी
युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा
‘मिस पोखरा २०२४’ हुने
ढुंगेसाँघुलाई चिनाउन कोटी होम
कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई
Next
Prev

श्रीपति समाज सेवा पुरस्कार र श्रीपति सामाजिक पत्रकारिता पुरस्कार घोषणा

Share on facebook
Share on twitter
Share on linkedin

श्रीपति समाज सेवा पुरस्कार २०८० बाट पोखरा महानगरपालिका वडा नं. २ अवस्थीत विन्दावासिनी धार्मिक क्षेत्र विकास समिति छनौट भएको छ । श्रीपती समाज सेवा पुरस्कार २ लाख २२ हजार २ सय २२ श्रीपति समाजसेवा पदक र ताम्रपत्रद्वारा सम्मान गरिने श्रीपति कोइराला गुठीका अध्यक्ष फणिन्द्रराज कोइराललो जानकारी दिए । श्रीपति कोइरालाको २१६ औ जयन्तीको अवसरमा पुरस्कारको घोषणा भएको हो ।


विन्दावासिनी धार्मिक विकास क्षेत्र समिति अन्तर्गत रहेको विन्दावासिनी मन्दिर नेपालका शक्तिपिठहरु मध्ये प्रमुख शक्ति पिठको रुपमा मानिन्छ । २७ रोपनी क्षेत्रमा फैलिएको विन्दावासीनी शक्तिपिठ टाढाबाट दृश्यावलोकन गर्दा एउटा तलाउ विचमा फुलेको शोभायमान कमल फुल देखिन्छ ।


पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बिन्दावासिती शक्ति पिठ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरुको आस्थाको केन्द्र रहेको छ । नेपाली र भारतियहरुको समेत पूजनिय केन्द्रको रुपमा रहेको हिन्दु मात्र नभई गैर हिन्दु समेतको आस्थाको प्रतिकको रुपमा माता विन्दावासिनीलाई लिने गरिन्छ ।


विन्दावासिनी धार्मिक क्षेत्र अन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्दावासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञ मण्डप र पूजा मण्डप, विन्धावासिनी वौद्धिक विद्यालयम, विभिन्न देवी देवताका मठ मन्दिरहरु रहेका छन् । विन्दावसिनी गुरुकुल विद्याश्रम निःशुल्क आवासिय रुपमा संचालन भई रहेको छ । जेष्ठ नागरिक सेवा केन्द्रको रुपमा दिवा सेवा सञ्चालन गरेको छ ।


प्राकृतिक चिकित्सालय संचालन र निर्माणधिन अवस्थामा छ । धार्मिक संस्थाले सर्वशुलभ रुपमा एम्बुलेन्स प्रदान गर्दै आएको छ । धर्म सांस्कृतिक संरक्षणका लागि धार्मिक कथा वाचन संचालन गर्ने गरेको छ । टाढा टाढाबाट आउनु हुने साधु सन्त तथा दर्शनार्थीहरुका लागि आवास तथा भोजनको व्यवस्था गरेर समाजमा उत्कृष्ठ सामाजिक सेवा प्रदान गर्दै आएका छ ।
यसै गरी यस वर्षको श्रीपति सामाजिक पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार नारायण कार्कीलाई सम्मान गरिने भएको छ ।


विन्दावासिनी धार्मिक क्षेत्र विकास समिति २२ हजार २ सय २२ रुपैया र सम्मानपत्रले सम्मान गरिने श्रीपति कोइराला गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए । कार्की अहिले विविसि नेपाल सेवामा पोखराबाट काम गर्दछन् । उनले यस अगाडी हिमालयन टाइम्स दैनिक, जनमत दैनिक, पोखरापत्र दैनिक, समाधान दैनिक लगाएतका पत्रिकामा सम्पादक र प्रधानसम्पादक भएर काम गरिसकेका छन् ।


पुरस्कार छनौट समितिका ६ जना विज्ञ सदस्यहरुमा प्राडा दिल बहादुर क्षेत्री, गेहेन्द्रेश्वर कोइराला, प्रा. डा. विश्वकल्याण पराजुली, अशोक पालिखे, दिपेन्द्र श्रेष्ठ र विमला भण्डारी रहनु भएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

“नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक”

एकल नृत्य प्रतियोगितामा मनिषा पुन विजयी

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा

‘मिस पोखरा २०२४’ हुने

ढुंगेसाँघुलाई चिनाउन कोटी होम

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist