Thursday, May 15, 2025

आजको मिति: २०८२ जेष्ठ २ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
Next
Prev

श्री एयरलाइन्सको लापरवाहीप्रति गायिका समीक्षा अधिकारी असन्तुष्ट

Share on facebook
Share on twitter
Share on linkedin

काठमाडौं: गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सको लापरवाहीप्रति आफ्नो असन्तुष्टि सार्वजनिक गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले एयरलाइन्सले यात्रुलाई अलपत्र पार्दै नियमित उडानमा समस्या सिर्जना गरेको भन्दै चर्को आलोचना गरेकी हुन्।


“मौसम खराबीका कारण उडान प्रभावित हुनु स्वाभाविक हो। तर, एयरपोर्ट खुलिसकेको अवस्थामा पनि बिहान ८ बजे हुने भनिएको उडान दिउँसो २ बजे मात्रै उड्छ भन्ने सूचना दिने श्री एयरलाइन्सको व्यवस्थापनले यात्रुलाई अन्याय गरिरहेको छ,” उनले लेखेकी छिन्।


उनको भनाइअनुसार, अन्य एयरलाइन्सले नियमित उडान गरिरहे पनि श्री एयरलाइन्सले यात्रुलाई लामो समयसम्म प्रतिक्षामा राखेको छ। उनले केही दिनअघि पनि यही एयरलाइन्सको कारण नेपालगञ्जको कार्यक्रम गुमाउनु परेको उल्लेख गर्दै व्यवस्थापनप्रति प्रश्न उठाएकी छिन्।


“यस्तो लापरवाही या त अन्य एयरलाइन्ससँग कमिसन लिने कर्मचारीले गर्छन्, या यो एयरलाइन्सको व्यवस्थापनमै गम्भीर समस्या छ,” समीक्षाले भनेकी छिन्।


यात्रुहरूको निरन्तर गुनासो र असन्तोषका बीच श्री एयरलाइन्सले यस विषयमा कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन। नियमित उडान सेवा दिन नसक्ने स्थिति व्यवस्थापनले कसरी सुधार गर्नेछ भन्ने प्रश्न यथावत छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist